ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा ४८ को मृत्यु

लिमा । पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ।

पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५ जना यात्रु सवार थिए ।

दुर्घटनापछि सो बस एक सय मिटर गहिराइमा झरेको बताइएको छ । गृह मन्त्रालयले आफ्नो वेबसाइटमार्फत यस घटनामा ४८ जनाको ज्यान गएको पुष्टि गरेको प्राप्त समाचारमा जनाइएको छ ।

पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्किले यस घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यस घटनाले आफूलाई अन्त्यतै दुःखी बनाएको पनि उहाँले बताउनु भएको छ । यस घटनाबाट सात जनालाई भने जिवीतै उद्धार गरिएको थियो । पेरुको नौसेनाले अन्य उद्धारकर्ताको सहयोगबाट उद्धारकार्य जारी राखेको बताएको छ ।

यस घटनामा घाइते भएका व्यक्तिहरुलाई पनि नजिकैको अस्पतालमा उपचारको लागि लगिएको बताएको छ । पेरुमा सन् २०१६ मा भएको सडक दुर्घटनामा दुई हजार ५०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

उद्वारकार्यलाई सशक्त बनाउन राष्ट्रपति पाब्लोले निर्देशन दिनुभएको छ । यसका लागि पेरुको नौसेना लागिपरेको छ ।

त्यस्तै यहाँको प्रहरीले पनि हेलिकोप्टरको माध्यमबाट उद्वारकार्य जारी राखेको जनाएको छ ।

निकै तीब्र गतिमा आएको बस ट्रकसँग ठोक्किएपछि सडक किनारबाट समुद्री तटमा खसेको थियो । दुर्घटनास्थल निकै अप्ठरो भएकोले उद्वारकार्य पनि गाह्रो भएको बताइएको छ ।

The post ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा ४८ को मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.