नयाँ वर्षको दिन घरमा गर्नुहोस् यी ५ परिवर्तन, वर्षभरि नै हुनेछ लक्ष्मीको बास!

अब भोलिको दिन बाट नै नयाँ वर्ष २०१८ को आरम्भ हुन गईरहेको छ । सबैले आफ्नो घर सफा होस्, सजिएको होस्, बलियो होस्, खुसी छाओस, परिवारमा सबैको राम्रो सम्बन्ध होस्, भविष्यमा सकारात्मक योजना बनोस, उत्साह होस् भन्ने कल्पना हामी सबैको हुन्छ ।

तर घरलाई राम्रो बनाउने प्रयासमा कतिपय मानिसहरु असफल हुने गर्दछन् । त्यसैले नयाँ वर्षमा नयाँ केहि होस् भन्ने चाहानुहुन्छ भने यस्ता रहेका छन् केहि उपायहरु:
भित्ता भत्किएको, प्वाल भएको , जालो, बिग्रिएको झ्यालहरुले हाम्रो मनलाई प्रतिविम्बित गर्ने गर्दछ । त्यसैले सबैभन्दा पहिले यस्ता समस्याहरुलाई मर्मत गर्न जरुरी रहेको छ । सामर्थ्यको अनुसार घरमा रङ-रोगन गराउनुहोस् । यदि बच्चाको शिक्षा, बुद्धिमानी, युवावस्थाको विकासलाई राम्रो राख्न चाहानुहुन्छ भने पूर्व दिशालाई ठिक राख्न अति आवश्यक छ ।
यस दिशामा ईन्द्रको प्रभाव रहने गर्दछ । यस दिशामा मेष र वृष राशि तथा शुक्रको प्रभाव हुने गर्दछ । बच्चाको सुत्ने कोठालाई इन्द्रको प्रवाभमा राख्न चाहनुहुन्छ भने ईन्द्रसँग जोडिएको कुरा जस्तै: हात्ती, हिरा, क्रिस्टल या सेतो रङको घोडा राख्नुहोस् ।

भान्सा घरको विशेष भाग हो । त्यसैले आग्नेय दिशा (पूर्व-दक्षिणको कुना) लाई सुधार्नुहोस् । यस दिशामा प्रज्वलित अग्निको तस्वीर, मंगल चिन्ह, मैनबत्ती या अग्नि तत्वको प्रतीक त्रिकोण आकृति लगाउनुहोस् ।
यस दिशामा रातो ,पहेलो र सुन्तला रङ प्रयोग गर्नुहोस् । अनिन्द्रा, छट्पटी र बीमारीबाट ग्रषित हुनुहुन्छ भने दक्षिण दिशालाई सुधार्नुहोस् । दक्षिण दिशालाई सुधार्नको लागि भित्तामा गाई या गोरुको चित्र राख्नुहोस ।

निन्द्राको समस्या, भूत-प्रेतको डर अथवा नराम्रो सपना आउछ भने नैऋत्य दिशा अर्थात् दक्षिण-पश्चिमको कुनालाई मर्मत गर्नुहोस् । यो शनि ग्रह तथा भूमि तत्वसँग जोडिएको स्थान हो । यसमा भान्सा या मुख्यद्वार नबनाउनुहोस् ।
यस स्थानलाई शुभ बनाउनको लागि बैंगनी रङको ठुलो बिरालो या सिंहको तस्वीर राख्नुहोस । शुक्र शयनकक्षसँग जोडिएको ग्रह हो, त्यसैले यसमा गुलाबी र हल्का हरियो रङको प्रयोग गर्नुहोस् ।

टाढाको सम्बन्ध सुधारको लागि वायव्य कोण (उत्तर-पश्चिम) लाई ठिक गर्नुहोस् । चन्द्रमा यस स्थानको कारक मानिन्छ । यहाँ कुनै पनि चिज स्थिर रहने गर्दैन । त्यसैले यसमा बाथरूम या गेस्ट रूम बनाउनुहोस् र यहाँ अर्धचन्द्राकार चन्द्रको फोटो राख्नुहोस् । लाभदायी वार्तालापको लागि यस दिशामा टेलीफोन र मोबाइल राख्नुहोस् । हल्का सिल्वर अर्थात् चाँदी रङ यस स्थानमा निकै राम्रो हुनेछ ।

स्वास्थ्य ठिक नहुने र धनको समस्या हुने गर्दछ भने उत्तर दिशामा ध्यान दिने गर्नुहोस् । यस स्थानमा कुबेर तथा बृहस्पतिको प्रभाव रहने गर्दछ । यहाँ स्टोर, लाइब्रेरी,अफिस र अमुल्य सामान राख्नको लागि उत्तम स्थान हो ।यहाँ आफ्नो पुर्खाहरूको तस्वीर नराख्नुहोस् । बृहस्पतिलाई खुशी राख्नको लागि पहेलो रङको प्रयोग गर्नुहोस् । medianp

The post नयाँ वर्षको दिन घरमा गर्नुहोस् यी ५ परिवर्तन, वर्षभरि नै हुनेछ लक्ष्मीको बास! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.