नेपाली संगीतमा जमेका पतिपत्नीको जोडी पनि कम छैन है…..

देवी घर्ती मगर र राजु ढकाल : नेपाली लोकदोहोरी क्षेत्रमा जमेको युगल जोडीमध्येको एक हो देवी घर्ती र राजु ढकालको । सांगीतिक यात्राकै क्रममा भेट भएर विवाहसम्म पुगेको यो जोडीको पहिलो भेट ०६० मा एक दोहोरी कार्यक्रममा भएको थियो । आजभन्दा नौ वर्षअघि विवाह गरेको यो जोडीले त्यसपछि एकल तथा संयुक्त रूपमा गाएका धेरै गीत चर्चित छन् । ‘ववर्ष दिन भो’, ‘सानु तिम्रै नाउ छ’ लगायतका उनीहरूले गाएका चर्चित दोहोरी गीत हुन् ।

कुन्ती मोक्तान र शिलाबहादुर मोक्तात: गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तान सफल सांगीतिक जोडीमध्येका एक हुन् । कुन्ती मोक्तानको स्वरमा रहेका धेरै गीत स्रोताले मन पराउनुका पछाडि उनका श्रीमान् एवं संगीतकार शिलाबहादुरको ठूलो भूमिका छ । गायिका कुन्ती मोक्तान सानै उमेरदेखि जन्मस्थल दार्जिलिङमा गीत गाउँथिन् । विद्यालय अध्ययन पूरा गर्दानगर्दै उनी दार्जिलिङको आफ्नो बस्तीभरि परिचित गायिका भइसकेकी थिइन् । शास्त्रीय संगीत सिक्न गुरुकोमा पुग्ने क्रममा कुन्तीको भेट संगीतकार शिलाबहादुरसँग भयो । दार्जिलिङबाट गीत रेकर्ड गर्न काठमाडौं आउने क्रममा उनीहरूबीच प्रेम–सम्बन्ध झाँगिँदै गयो र पछि विवाहमा परिणत भयो । कुन्तीले गाएकामध्ये आधाभन्दा बढी गीतमा शिलाबहादुरले संगीत भरेका छन् ।

रामचन्द्र काफ्ले र जुनु रिजाल: गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्ले पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा जमेको जोडी हो । उनीहरूले गाएका चलचित्र, आधुनिक, लोकपपलगायतका धेरै गीत चर्चित छन् । यो जोडीको पहिलो भेट सांगीतिक यात्राकै क्रममा भएको हो । प्रेम हुँदै वैवाहिक जीवनमा बाँधिएका उनीहरूले सँगै गाएका ‘मात लाग्यो’, ‘आई लभ यु भन भन आई लभ यु’, ‘झिम्क्याइदेऊ परेली’लगायत गीत चर्चित छन् ।

उदय सोताङ र मनिला सोताङ: नेपाली सांगीतिक क्षेत्रमा जमेको जोडीमध्येको एक हो सोताङदम्पती । गायक उदय सोताङ र गायिका मनिला सोताङको भेट क्याम्पस पढ्दा भएको हो । उदय त्यसवेलादेखि नै गीत गाउँथे । मनिलाले चाहिँ उदयको संगतपछि गाउन सुरु गरेकी हुन् । प्रेम हुँदै वैवाहिक जीवनमा प्रवेश गरेको यो जोडी नेपाली संगीतको लोकप्रिय ‘युगल जोडी’मध्येको एक हो । उनीहरूले गाएको ‘आधी बाटो हिँडेपछि’, ‘तिमीविना बाँच्न गाह्रो भो’ लगायतका गीत चर्चित छन् ।

विष्णु माझी र सुन्दरमणि अधिकारी: नेपाली लोकदोहोरी क्षेत्रकी चिरपरिचित गायिका विष्णु माझी सार्वजनिक कार्यक्रम तथा मिडियामा देखिन्नन् । तर, उनले गाएका सयौँ गीत चर्चित छन् । उनका श्रीमान तथा गायक सुन्दरमणि अधिकारी विष्णुभन्दा ‘सिनियर’ हुन् । सुन्दरमणिले नै विष्णुलाई व्यावसायिक रूपमा संगीतमा प्रवेश गराएका हुन् । प्रेम हुँदै वैवाहिक जीवनमा यो जोडी पुगेको हो । उनीहरूले गाएको ‘वाचा कसम जाँदैन खेर’ लगायतका गीत चर्चित छन् ।

The post नेपाली संगीतमा जमेका पतिपत्नीको जोडी पनि कम छैन है….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.