नेपाली भाषाका यौन वेबसाइट छ्याप्छ्याप्ती : प्लस टु पढ्ने र श्रीमान विदेश हुनेका श्रीमती बढी प्रयोगकर्ता

नेपाली भाषाका यौन वेबसाइट छ्याप्छ्याप्ती : प्लस टु पढ्ने र श्रीमान विदेश हुनेका श्रीमती बढी प्रयोगकर्ता काठमाडौँ: इन्टरनेट प्रयोगकर्ता मध्ये ठूलो हिस्साले यौनका सन्दर्भ खोजिरहेको र त्यस माथि पनि नेपाली भाषाका यौन सामग्री बढी खोजिने तथ्य सार्वजनिक भइसकेको छ ।

यौन सामाग्रीको अध्याधिक खोजिका कारण इन्टरनेट ट्राफिकलाई समेत प्रभावित बनाउने गरेको छ ।

कम्पुटरमा खोल्दाबित्तिकै आफुलाई हेर्न मन लागेका तर दुनियांले बर्जित गरेका गतिविधि हेर्न पाइनेपछि यसतर्फको आकर्षण बढेको हो । हुंदाहुंदा इन्टरनेटबाटै यौनको कारोवार हुन थालेको छ । पश्चिमा देशमा पोर्न साइटहरुको यौन व्यापार राम्रैसंग फष्टाएको छ । विस्तारै यो प्रवृत्ति नेपालमा पनि भित्रिन थालेको देखिएको छ । वैदिक हिन्दु सस्कांरको मूलभूमी मानिने नेपालमा पोर्न साइटहरु चुनौती बनेर देखिएका छन् । जानकारहरुका अनुसार पछिल्लो समय पोर्न साइट हेर्नेको नेपालीको संख्या ह्वात्तै बढेको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका अनुसार यौन क्रियाकलापमा आधारित ब्लुफिल्म र कामुक दृश्यको खपत नेपाली सर्भरमा पनि अध्याधिक भइरहेको छ । नेपाली कान्छी, नेपाली ट्युबनेट, नीलोपाटीलगायतका थुप्रै पोर्न साइटहरु संचालनमा रहेका छन् । यस्ता साइटहरु संचालन गर्न कानूनतः मिल्दैन । तरपनि निर्वादरुपमा संचालनमा छन् । केही समय पहिले गृहमन्त्रालयले यस्ता साइट संचालक र अपलोडरमा निगरानी राखेको थियो । अहिले यसबारेमा के भइरहेको छ भन्ने जानकारी दिन गृहका अधिकारीहरु तयार भएनन् ।

पोर्न साइटको प्रभाव पोर्न साइट प्रयोगकर्ताहरु किशोरवयका देखि वृद्धवयका रहेको बताइन्छ । बढीजसो प्लस टु पढ्दै गरेका विद्यार्थी पोर्न साइटका प्रयोगकर्ता रहेका छन् । साइट हेर्ने र त्यहां देखिएका गतिविधि सिको गर्न खोज्दा यौनसंग सम्बन्धित अपराधिक गतिविधि बढेको बताइन्छ । अचम्म त के भने पोर्न साइट हेर्नेमा महिलाहरुको संख्या अत्याधिक देखिएको छ ।

श्रीमान विदेशमा रहेको वा व्यस्त भइरहने महिलाले समय कटाउन तथा मनको प्यास मेटाउन यस्ता साइटको सहारा लिने गरेको बताइन्छ । प्रहरी स्रोतका अनुसार पोर्न साइट हेरेर परपुरुषसंग आर्कषित भएको र सम्बन्धले अपराधिक रुप लिएको उदाहरण प्रशस्त्रै छन् । पोर्न साइट हेर्नु भनेको कुलतमा पर्न थाल्नु हो । पोर्नसाइटले मानब शरीरमा उत्तेजक हर्मोन पैदा गर्ने र यसले विस्तारै अध्ययनलगायतका रचनात्मक गतिविधिबाट मानिसलाई अन्यत्रै मोड्ने गर्दछ । पोर्न साइट हेर्न थालेपछि झनझन् हेरुंहेरु लाग्ने र हेर्दिन भन्दापनि मनले नमान्ने स्थिति आउने हुंदा बेलैमा सचेत हुनुपर्ने चिकित्सकहरुको सुझाब छ ।

The post नेपाली भाषाका यौन वेबसाइट छ्याप्छ्याप्ती : प्लस टु पढ्ने र श्रीमान विदेश हुनेका श्रीमती बढी प्रयोगकर्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.