साम्राज्ञीलाई प्रस्ताव गरिएको फिल्ममा स्वस्तिमा पक्का

अग्रज निर्माता अशोक शर्माले निर्माण तथा निर्देशन गर्ने फिल्मको लागि मुख्य पात्रहरु तय भएका छन् । नाम तय भैनसकेको फिल्ममा अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने, नायिका स्वस्तिमा खड्का, नायक सलोन बस्नेत, कलाकार बुद्धी तामाङ, जयनन्द लामा, राजाराम पौडेल र रामचन्द्र अधिकारी मुख्य भूमिकाको लागि अनुबन्धित भएका छन् ।

अभिनेता खगेन्द्र लामिछानेकै स्क्रिप्ट रहेको फिल्ममा नायिका भने रोेजेकी छनोट भइनन्, फिल्मको लागि नायिका स्वस्तिमा खड्का छनोट भइन् । स्वस्तिमा भन्दा अगाडी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग फिल्म निर्माण पक्षले स्क्रिप्ट सुनाएको थियो । स्क्रिप्ट सुनेपछि साम्राज्ञीले आफु उक्त रोलको लागि तयार नभएको जवाफ दिएकी थिएकी थिइन् । साम्राज्ञी पछि फिल्मको अफर स्वस्तिमालाई पुगेको थियो र उनी फिल्म खेल्न तयार भएकी हुन् ।

माघको अन्तिम साताबाट फ्लोरमा जाने यो फिल्मको सम्पूर्ण जसो छायाँकन पूर्वको ईलाम, विर्तामोड र दमकका विभिन्न ग्रामिण भेगमा हुनेछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने चर्चा छ ।

The post साम्राज्ञीलाई प्रस्ताव गरिएको फिल्ममा स्वस्तिमा पक्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.