दोस्रो विवाह गर्ने तयारीमा करिश्मा कपुर, यी हुन् दोस्रो विवाह गर्ने बलिउड अभिनेत्री

काठमाडौं, २ माघ । करिश्मा कपूर चाँडै दोस्रो विवाह गर्ने तयारीमा रहेको खबर सार्वजनिक भएको छ । बलिउडमा करिश्मा मात्रै एक्ली अभिनेत्री होइनन्, जसले दोस्रो विवाह गरेका छन् । केही यस्ता अभिनेत्री छन्, जसले पहिलो वैवाहिक जिवन असफल भएपछि दोस्रो विवाह गरेर अहिले राम्रो घरबार चलाइरहेका छन् ।

करिश्माले चाँडै दोस्रो विवाहको घोषणा गर्ने भारतीय मिडियाले दावी गरेका छन् । उनले प्रेमी सन्दिप तोशनीवालसँग विवाह गर्ने बताइएको छ । सन्दीप आफ्नी पत्नी अश्रीता तोशनीवालसँग डिभोर्स गरेका छन् ।

७ बर्ष लामो बैवाहिक सम्बन्धपछि सन्दीप र आश्रीता अलग भएका हुन् । करिश्माका बुवा रन्धिर कपूर पनि यो विवाहका लागि राजि भएको बताइएको छ । सन्दीप करिश्माको घरमा हुने सवै कार्यक्रममा सहभागि हुने गरेका छन् । करिश्माको पति संजयसँग एक बर्ष अघि नै डिभोर्स भइसकेको छ ।

यी हुन् दोस्रो विवाह गर्ने अभिनेत्री

निलम

अभिनेत्री निलमले पनि दुई विवाह गरेकी छन् । गोविन्दाले एक अन्तवार्तामा निलमसँग मन्दिरमा लुकीछिपी विवाह गरेको बताएका थिए । गोविन्दा र निलमबीचको सम्बन्ध धेरै टिक्न सकेन । त्यसपछि निलम र बबी देओलको सम्बन्ध जोडियो । तर धमेन्द्र बबी कुनै हिरोइनसँग विवाह गरोस भन्न चाहँदैन थिए । त्यही कारण उनीहरुको प्रेम काहनी अधुरै रह्यो । त्यसपछि निलमले बलायतका विजनेशम्यानका छोरा ऋषि सेथियासँग विवाह गरिन् । त्यो विवाह पनि लामो समय टिक्न सकेन । त्यसपछि निलमले टिभी एक्टर समिर सोनसँग विवाह गरिन् ।

किरण खेर

किरण खेरले दोस्रो विवाह अनुपम खेरसँग गरिन् । त्यो भन्दा पहिले किरणले गौतम बेदीसँग विवाह गरेकी थिइन् । विवाह पछि अनुपमसँग प्रेमबसेपछि बेदीसँग डिभोर्स गरेर उनले १९८४ मा अनुपमसँग विवाह गरेकी थिइन् ।

श्वेता तिवारी

टिभी एक्ट्रेस श्वेता तिवारी छोटो पर्दाको ठूलो नाम हो । उनको जिवनमा पनि निकै उतारचढाव आए । श्वोताले १९९८ मा राजा चौधरीसँग विवाह गरिन् । यो सम्बन्ध ९ बर्षसम्म चल्यो । त्यसपछि उनीहरु अलग भए । राजासँग डिभोर्सभएपछि श्वेताले २०१३ मा अभिनव कोहलीसँग दोस्रो विवाह गरिन् ।

बिन्दिया गोस्वामी

अभिनेत्री बिन्दिया गोस्वामीले अभिनेता विनोद मेहरासँग विवाह गरिन् । तर त्यो विवाह लामो समय टिक्न सकेन । विवाहको चार बर्षमै उनीहरुको डिभोर्स भयो । त्यसपछि बिन्दियाले अभिनय करियर छोडेर निर्देशक जेपी दत्तासँग विवाह गरिन् ।

निलिमा अजीम

शाहिद कपूरकी आमा अर्थात निलिमा आजीमले सन् १९७५ मा पंकज कपूरसँग विवाह गरिन् । उनीहरुको छोरा जन्मिए । जसको नाम शाहिद कपूर हो । शाहिद जन्मिएको केही बर्षमै निलिमा र पंकजबीच डिभोर्स भयो । त्यसपछि निलिमाले १९९० मा अभिनेता राजेश खट्टरसँग विवाह गरिन् । यो विवाह पनि लामोसमय टिक्न सकेन । २००१ मा उनीहरु अलग भए, त्यसपछि निलिमाले २००४ मा रजा अली खानसँग विवाह गरिन् । तर उनीहरुबीच पनि २००९ मा डिभोर्स भयो ।

कश्मिरा शाह

रियालिटी शो का कारण चर्चामा आएकी कश्मिरा शाहले ब्रेन्ड लिस्टेम्यानसँग विवाह गरेकी थिइन् । उनीहरुको वैवाहिक सम्बन्ध लामो समय चल्न सकेन । त्यसपछि कश्मिरा कृष्णा अभिषेकसँग विवाह गरिन् ।

योगिता बाली

अभिनेत्री योगिता बालीले सबैभन्दा पहिला किशोर कुमारसँग विवाह गरिन् । योगिता किशारकी तेस्री पत्नी थिइन् । तर यो सम्बन्न्ध लामोसमयसम्म चल्न सकेन । विवाह भएको दुई बर्षमा उनीहरुको डिभोर्स भयो । किशोरकुमारसँग अलग भएपछि योगिताले १९७९ मा मिथुन चक्रवर्तीसँग विवाह गरेकी छन् । एजेन्सी

The post दोस्रो विवाह गर्ने तयारीमा करिश्मा कपुर, यी हुन् दोस्रो विवाह गर्ने बलिउड अभिनेत्री appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.