किरिया बसेको ८ औं दिनमा मरेको छोरा जिउँदै घर फर्किए पछी मानिसहरु भागाभाग

दुर्घटनामा छोराको मृत्यु भएपछि परिवारले उनको अन्तिम संस्कार गरेर किरिया बसे । किरिया बसेको आठौं दिन भइसकेको थियो । किरियापछि हुने कर्मको लागि निम्तालुहरुलाई शोकपत्र पठाइसकिएको थियो । सबै तयारी भइसकेको थियो । यस्तोमा मरेका भनिएका छोरा जिउँदै घर फर्किंदा घरमा भएका मानिसहरुमा भागाभाग भएको छ ।

ती मानिसहरु भूत आएको सम्झेर भागाभाग गरेका थिए । मृतक भनिएका व्यक्तिले आफू जिउँदै भएको विश्वास दिलाउन पनि निकै संघर्ष गर्नुपर्यो । उनले बडो मुस्किलले आफू जिउँदै भएको र मर्ने व्यक्ति कोही अरु नै भएको परिवारलाई सम्झाएका थिए । भारतको छत्तीसगढको हरदीबजारको ढोलपुरमा बस्ने मंगलुराम केवटका छोरा सुन्दर दुर्घटनामा मरेको परिवारले विश्वास गरेका थिए । यहाँ २५ सेप्टेम्बरका दिन कोइला बोकेर हिँडेको ट्रेलर कारलाई ठक्कर दिएर कारसमेत पुलबाट तल नालीमा खसेको थियो ।

घटनामा ट्रेलर चालक सहित दुई जनाको मृत्यु भएको थियो । दुवैको पहिचान खुलेको थिएन । घटनाको ३ दिनपछि मंगलु केही गाउँलेहरुसँग प्रहरी चौकी गए । उनले मृत ट्रेलर चालक आफ्ना छोरा सुन्दर भएको बताए । प्रहरीले प्रक्रिया पूरा गरी शव परिवारलाई दियो । शव घरमा ल्याएपछि परिवारले रितिरिवाजका साथ अन्तिम संस्कार गरेर किरिया बसे । अचानक आठौं दिनमा सुन्दर घर पुग्दा परिवारमा हंगामा मच्चियो ।

सुन्दर घरबाट बाहिर जाँदा केही साथीहरुसँग ट्रेलरमा बाहिर जान लागेको भनेर गएका थिए । यही कारण परिवारले सुन्दरको मृत्यु भएको विश्वास गरेका थिए । तर सुन्दर केही दिनका लागि बाहिर गएकोले यो अवधिमा परिवारको सम्पर्कमा आएनन् । सुन्दर सम्पर्कमा नआएपछि परिवारले सुन्दर नै मरेको विश्वस गरेका थिए satyasamachar बाट

The post किरिया बसेको ८ औं दिनमा मरेको छोरा जिउँदै घर फर्किए पछी मानिसहरु भागाभाग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.