प्रदेश राजधानी तोकियो : कतै दीपावली कतै आन्दोलन, कुन प्रदेशमा के भयो ?

बुटवलमा दिपावली, धनकुटा र वीरगञ्जमा आन्दोलन । चर्चामा दाङ रहे पनि सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि धनकुटा अशान्त छ भने प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगन्जमा आन्दोलन चर्किएको छ ।

काठमाडौं : बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै दीपावली भएको छ भने कतै आन्दोलन चर्किएको छ। बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो । प्रदेश १ को राजधानी विराटनगर तोकिएपछि त्यहाँ दीपावली भएको छ भने धनकुटामा प्रधानमन्त्री शेरबहादुर देवाको पुत्ला जलाइएको छ। प्रदेश १ को राजधानीको रुपमा यसअघि इटहरी र धरानकोसमेत चर्चा थियो।

प्रदेश २ को राजधानी जनकपुर तोकेपछि वीरगन्ज अशान्त बनेको छ। वीरगञ्जमा लामो सयमदेखि राजधानीको माग गर्दै अन्दोलनमा बसेका नेता कार्यकर्ता र स्थानीयवासी आक्रोशित भएका हुन्। बुधबार साँझ सडक प्रदर्शन गरेका उनीहरुले बिहीबार बन्दको घोषणासमेत गरेका छन्। सँगै प्रदेश राजधानीको विषयमा चुपचाप रहेका मधेसवादी दललेमसेत जनपुरलाई प्रदेश २ को अस्थायी राजधानी बनाउने सरकारको निर्णयविरुद्ध प्रधानमन्त्रीको पुत्ला जलाएका छन्।

प्रदेश ३ को राजधानी हेटौंडा तोकिएपछि हेटौंडामा खुशीयाली मनाइएको छ। चर्चामा भक्तपुर, बनेपा, ललितपुर रहे पनि सरकारले अन्तिम समयमा हेटौंडालाई प्रदेशको अस्थायी राजधानी तोकेको हो। प्रदेश १ र २ मा जस्तो ३ मा भने आन्दोलन भएको छैन।

प्रदेश ४ राजधानी पोखरा भने निर्विकल्प देखिएको छ। यसअघि नै सबैले प्रदेश ४ को राजधानीको रुपमा पोखरालाई स्वीकार गरिसकेकाले विवाद छैन।अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएपछि दाङमा आक्रोश बढेको छ। स्थानीयवासीमात्र नभएर प्रदेश ५ का मुख्यमन्त्री दाबेदार एमाले नेता शंकर पोखरेल स्वयम्ले सरकारको अविवेकी निर्णय भनेका छन्। त्यसैगरी माओवादी केन्द्रका नेता एवम् दाङका प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालेसमेत सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। बुटवलमा भने खुशीयाली मनाइएको छ। बुटवलमा भने दीपावली गरिएकाे छ ।

प्रदश ६ को अस्थायी राजधानी सुर्खेत तोकिएको छ। अन्य क्षेत्रमा राजधानी विवाद देखिए पनि प्रदेश ४ जस्तै ६ शान्त छ। प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकिएपछि दिपालयमा आन्दोलन चर्किएको छ। धनगढीमा भने सरकारको निर्णयको स्वागत गरिएको छ।

प्रदेश नम्बर ७ को राजधानी दिपायलमा नबनाएको विरोधमा डोटी कांग्रेसद्वारा पार्टी सदस्यता परित्याग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस डोटीको कार्यसमितिको बैठकबाट नेपाली कांग्रेसकै सरकार हुँदा पनि प्रादेशिक राजधानी डोटी नबनाएको विरोधमा डोटीका सबै नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी पार्टी सदस्यता परित्याग गर्ने निर्णय गरेको हो ।

The post प्रदेश राजधानी तोकियो : कतै दीपावली कतै आन्दोलन, कुन प्रदेशमा के भयो ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.