जोनको प्रेममा पागल थिइन् विपाशा, एक गल्तीले भत्कियो ९ वर्षको प्रेम सम्बन्ध

मुम्बइ । विपाशा बसु हिजो ७ जनवरीका दिन ३९ वर्षकी भएकी छिन् । ७ जनवरी १९७९ मा बंगाली परिवारमा जन्मिएकी विपाशाले यस वर्ष पति करण सिंह ग्रोवरसँग मिलेर बर्थडे केक काटिन् । बर्थडे मनाउँदै गरेका केही फोटो र भिडियो यो जोडीले सामाजिक संजालमा शेयर गरेका छन् ।

एक समय थियो जतिबेला विपाशा करणसँग नभइ जोन अब्राहमसँग सम्बन्धमा थिइन् । उनीहरुको सम्बनध ९ वर्षसम्म चलेको थियो । त्यतिबेला यी दुवै निकै खुसी थिए र बिहे गर्ने वाला थिए । तर, जोनको एउटा गल्तीले यो सम्बन्धलाई सदाका लागि अन्त्य गरिदियो । विपाशा र जोन फिल्म जिस्ममा सँगै काम गरेपछि नजिकिएका थिए । उनीहरुले ९ वर्षसम्म डेट गरे र उनीहरु लिभ इनमा सँगसँगै पनि बसे ।

२०१४ सम्म यो सम्बन्ध राम्रै चलेको थियो । २०१४ मा जोनले झुक्किएर यस्तो ट्वीट गरिदिए जसका कारण उनीहरुको सम्बन्ध सदाका लागि अन्त्य भयो । त्यतिबेला नयाँ वर्षमा जोनले ट्वीटरमा खुसी साट्दै लेखे ‘तपाइँ र तपाइँका सबै प्रियजनलाई नयाँ वर्षको शुभकामना । यस वर्ष तपाइँको जीवनमा प्रेम र धेरै खुसी आओस् । सप्रेमः जोन र प्रिया अब्राहम ।’

यो ट्वीटमा जोनले आफ्नी अर्की एनआरआइ प्रेमिका प्रिया रुंचालको नाम लेखेका थिए । जोनले विपाशाको अलावा प्रियासँग पनि सम्बन्ध राखेको पोल यो ट्वीटले खोलिदियो । यही बीचमा जोनले प्रियासँग बिहे गरेका खबरहरु पनि आए । यही कारण विपाशाको मन भाँचियो । यसपछि उनीहरुको सम्बन्ध सदाका लागि अन्त्य भयो ।

The post जोनको प्रेममा पागल थिइन् विपाशा, एक गल्तीले भत्कियो ९ वर्षको प्रेम सम्बन्ध appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.