छिमेकीको खुकुरी प्रहारबाट एक दम्पती गम्भीर घाईते

ओखलढुङ्गामा छिमेकीको खुकुरी प्रहारबाट एक दम्पती घाइते भएका छन् । मानेभञ्ज्याङ्ग गाँउपालिका १ मा घरायसी रिसिबीका कारण छिमेकी टंक बहादुर बस्नेतको खुकुरी प्रहारबाट सोही स्थानका ५१ बर्षिय चक्र बहादुर बस्नेत र उनकी श्रीमती ५० बर्षीया सीता बस्नेत घाईते भएका छन् ।

घाईते मध्ये श्रीमन चक्र बहादुरको अवस्था गम्भीर छ । मंगलबार बिहान गोठ जाने क्रममा लुकेर बसेका टंक बहादुरले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका बहादुर कार्कीले रातोपाटीलाई बताए ।

खुकुरी प्रहारबाट घाईते दुई लाई तत्काल उद्धार गरी ओखलढुंगा सामुदायीक अस्पताल सोब्रुमा लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं पठाईएको छ ।

बस्नेत दम्पतीलाई खुकुरी प्रहार गर्ने टंक बहादुरलाई पक्राउ गरी थुनामा राखिएको प्रहरी निरिक्षक कार्कीले बताए । उनी केही समयअघि मात्रै ज्यान मारेको मुद्धामा १० वर्ष जेल सजाय भुक्तानी गरी फर्केको हुन् ।

-रामहरि श्रेष्ठ

from Janata news

The post छिमेकीको खुकुरी प्रहारबाट एक दम्पती गम्भीर घाईते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.