निर्माता राजकुमार राई र नायक रोज राणाको आर्यघाटमै हात हालाहाल भएपछि हंगामा

काठमाडौं । विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य पशुपति आर्यघाटमा देख्न पाइयो । काग्रेंस निकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवन संगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा । १३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई देख्ने बित्तिकै भनिहाले, तिमी चलचित्र विकास बोर्डतिर हुनुपर्ने मान्छे, किन यहाँ छौ ?

रोजले प्रतिवाद गरिहाले, तपाई नै दौडिरहनु भएको थियो । तपाई पो त त्यहाँ हुनुपर्ने, म किन रु यही विषयमा जुहारी चल्यो । हिन्दी चलचित्रको वितरक निकिता पौडेललाई तिमीले नै विकास बोर्डको अध्यक्ष बनायौ । उनी नभएको भए म आफैं अध्यक्ष हुन्थें ।

के भन्या रे रु बोर्ड अध्यक्ष मैले नियुक्त गर्ने हो कि क्याबिनेटले रु भन्दै रोज जाइलागिहाले । सँगै रहेका चार जनाले समाए र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले थामथुम पारेपछि अप्रिय घटनाचाहिँ केहि हुन पाएन । राई अझै साम्य भएनन् । लुगलुग काम्दै तीतो पोख्न थाले, तिमी ठूलो मान्छे, कांग्रेसको क्षेत्रीय सभापति, तिम्रो हैसियतमा पुग्न सक्दिनँ । मलाई सहयोग गरेनौ मात्र भन्न खोज्या हो ।

रोजको रिस अझै साम्य भइसकेको रहेनछ । भने, सहयोग गर्न योग्यता पनि हुनुप¥यो नि माधव वाग्ले, उत्तम केसीजस्तो ठान्या होला मलाई । माधव र उत्तमलाई राजकुमारले यसअगाडि विकास बोर्डमै हातपात गरेका थिए । जनआस्था साप्ताहिकले छापेको छ ।

यता, दिपक मनाङेको खास मान्छे हुँ भन्दै हिँड्ने राजकुमार राईमा कतिसम्म लोभ रहेछ भने जाँदाजाँदै विकास बोर्डबाट एप्पलको ल्यापटप घर लगेको विकास बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले तीन वर्ष आफू निर्माता संघको अध्यक्ष भएर रहँदा बसेको कुर्सी र सोफा टेबलबापतको दुई लाख २५ हजार रुपैयाँ समेत लगेका छन् ।

The post निर्माता राजकुमार राई र नायक रोज राणाको आर्यघाटमै हात हालाहाल भएपछि हंगामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.