नयाँ वर्षको उत्सवमा मातेको सुरमा ट्याक्सी चढेर तीन देशको यात्रा, बिल आउँदा बेहोस !

नयाँ दिल्ली: विश्वका सबै मानिसहरु नयाँ वर्षको उत्सवमा धुमधामसाथ झुमिरहेका थिए । तिनैमध्ये एकजनालाई भने नयाँ वर्षको उत्सव मनाउँदा महँगो परेको छ ।

मातेको सुरुमा एकजना नर्वेजियन नागरिकले नयाँ वर्षको राति ट्याक्सी भाडामा लिए ।

उनले भाडामा लिएको ट्याक्सीले तीनवटा देश नै छिचोल्यो ।

जब उनी तीन देश घुमेर फर्किए तब बिल आयो २२००० डलर (२ लाख २ हजार २ सय रुयैयाँ) को ।

३१ डिसेम्बरमा यी व्यक्ति कोपेहेगन नदी किनारमा पार्टीमा रमाइरहेका थिए ।

पार्टी सकिएपछि मातेर लठ्ठ भएका यी व्यक्तिले ६०० किलोमिटर परको ओस्लोका लागि ट्याक्सी बुक गरेका थिए ।

यस ६ घन्टाको यात्रामा उनले तीन देश डेनमार्क, स्विडेन र नर्वेको यात्रा गरे ।

पुलिसका अनुसार जसै उनी आफ्नो घर पुगे, तब उनी हतार हतारमा सुते । ट्यक्सी ड्राइभर भने बाहिर बसिरहे ।

उनी ट्याक्सीको भाडा बापदको २२ डलर कुरेर बसेका थिए । तर उनलाई बोलाउन कोही पनि घर बाहिर निस्किएनन् ।

कुर्दा कुर्दै उनको ट्याक्सीको ब्याट्री पनि सकियो । त्यसपछि ट्याक्सी ड्राइभरले ओस्लो पुलिसको सहयोग मागे ।

पुलिसले ट्विटमार्फत रक्सीले मातेर २२ सय डलर ट्याक्सीको बिल तिरेको पुरै कथा सार्वजनिक गरेको छ । अन्नपूर्ण पोस्टबाट

The post नयाँ वर्षको उत्सवमा मातेको सुरमा ट्याक्सी चढेर तीन देशको यात्रा, बिल आउँदा बेहोस ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.