को हुन “राष्ट्रीय दाई-भाउजु” ???

नेपाली कला क्षेत्रमा तीन जोडी बिवाहित जोडीको चर्चा निकै हुने गर्छ । प्रेम बिवाह गरेका ती तीनै जना जोडी भनेपछि धेरैले अनुमान लगाउँनु भयो होला । हो हामी कुरा गर्देछौँ महा नायक राजेश हमाल मधु भट्टराई , सिताराम कट्टेल कुञ्जना घिमिरे र निश्चल बस्नेत र स्वस्तिमा खड्काको बारेमा । यी जोडीको कलाकारीता क्षेत्रमा नै सक्रिय रहेको जोडी हमालकी पत्नी मधु बाहेक ।

एउटै क्षेत्र भएपनि आ–आफनै तरिकाले योगदान दिईरहेका छन् यी जोडीहरु । यद्धपी महानायक राजेश हमाल भने हाललाई चलचित्र क्षेत्रमा सक्रिय छैनन् । यो दर्शकको माया नै होल की यी तीन जोडीलाई नेपालीहरुले राष्ट्रीय दाईभाउजुको उपनाम दिएका छन् । तर कतिपयले राष्ट्रीय दाईभाउजुको नाम राजेशदम्पती र निश्चल दम्पतीलाई नभई धुर्मुस सुन्तलीलाई दिनु पर्ने धारणा राख्ने गरेका छन् हुनत यी सबैले आ आफनो तरिकाले योगदान दिएका छन् ।

तर जनमानसमा धुर्मुस सुन्तलीप्रतिको सम्मान बढि भएको कारणले नै होला उनीहरुलाई मात्र यो सम्मान जानु पर्ने तर्क राख्छन् । राजेश हमालले नेपाली चलचित्र क्षेत्रमा ठुलो योगदान दिएका छन् तर उनी हाल निष्क्रिय नै छन् । उनले चलचित्र क्षेत्रलाई निरन्तरता दिँदै निर्देशनमा हात हाल्ने कुरा गरेतापनि त्यो कहिले हो अत्तोपत्तो छैन् ।

उता डुबिसकेको नेपाली चलचित्र क्षेत्रलाई फेरी सास हाल्ने काम गरेका हुन् निर्माता, निर्देशक , कलाकार , गायक एवं स्क्रिप्ट राईटर निश्चल बस्नेतले । नेपाली रजतपटमा फरक धारका चलचित्रहरु निर्माण गर्ने परिपाटी बसालेका निश्चल र नायिका स्वस्तिमा ख्डका आफना दर्शकहरुलाई पर्दामार्फत साथ दिईरहेका छन् ।

यसैगरी आफनो कलाकारीतासंगै सामाजिक सेवामा समर्पित भएका जोडी धुर्मुस सुन्तली विनासकारी भुकम्पपछि नमुना बस्ती निर्माणका लागि अहोरात्र खटिए । धेरै घरबार बिहीनहरुका लागि भगवान बनेका यो जोडी बाढी पिडीत होस या मुसहर बस्ती सबैको दुखमा दिनरात खटिए । आफनो ज्यानसमेत जोखिम मोलेर उद्धारका लागि खटिएका धुर्मुुस सुन्तलीको हरेक पाईलमा नेपालीहरुले आशिर्वाद दिए ।

उनीहरुले गरेका कामहरुबाट पुन निर्माण प्राधिकरण र सरकारले समेत सिक्नु पर्ने आवाजहरु उठे । यसरी हेर्दा यी तीनै जोडी नेपालीहरुको मन मुटसुंग नजिक छन् । धुर्मस सुन्तलीको काम त उच्च सगरमाथा जस्तै छ तर बाँकीको योगदानलाई पनि नर्कान सायदै मिल्ला । तर पनि राष्ट्रीय दाईभाउजुको उपाधी भने कसलाई उपयुक्त होला छुट्टाउँने जिम्मा भने तपाई कै ।

The post को हुन “राष्ट्रीय दाई-भाउजु” ??? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.