युके पुगिन् साम्राज्ञी, ‘इनटुमिन्टु’ छायाँकन शुरु भएपछि आर्यन सिग्देल छन् तनाबमा

अन्तत अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह बेलायत उडेकी छिन् । चलचित्र ‘इन्टुमिन्टु लण्डन’मा छायाँकनका लागि युके जान लागकी साम्राज्ञीलाई दुई पटक सम्म भिजा दिएन ।

दुई पटक सम्म बेलायतको भिजा नपाएपछि साम्राज्ञीका बारे नकरात्मक समाचारहरु बजारमा आए । त्यसपछि साम्राज्ञीले छिमेकी देश भारतबाट भिजा प्रोसेस थालिन् । र, बुधबार दिउंसो साम्राज्ञी बेलायत उडेकी छिन् ।

यता साम्राज्ञी बेलायत उडे पछि अभिनेता आर्यन सिग्देल तनाबमा छन् । ‘कायरा’ छायाँकनका लागि साम्राज्ञी सहित आर्यन जनबरी ५ तारिख फिलिपिन्स उड्दैछन् । तर, इन्टुमिन्टु लण्डनमा निर्माण टिमको दबाबमा ५ तारिख नेपाल आउंने सहमती सहित साम्राज्ञी युके पुगेकी छिन् ।

रेनशा बान्तवा राई निर्देशित चलचित्रको छायाँकन २ दिनमा सक्काएर साम्राज्ञीलाई नेपाल फर्काउंने बाचा निर्मता प्रज्वल समशेर राणाले आर्यनलाई दिएको स्रोत बताउँछ । तर, ५ तारिख साम्राज्ञी नेपाल फर्किन संभावना कम देखिएपछि ‘कायरा’को निर्माता समेत रहेका आर्यन अहिले साह्रै तनाबमा रहेको बुझ्नमा आएको छ ।

The post युके पुगिन् साम्राज्ञी, ‘इनटुमिन्टु’ छायाँकन शुरु भएपछि आर्यन सिग्देल छन् तनाबमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.