चर्चित हाँस्यकलाकार निरु खड्कालाई श्रीमानले कुटे, फुट्यो कानको जाली !

काठमाडाैं, २७ पुस – चर्चित हाँस्य कलाकार निरु खड्कालाई श्रीमानले कुटपिट गरेको खुलासा भएको छ ।

कलाकारिता छोडेर घरमै बस्न दिएको दबावलाई निरुले अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको हो । उनका श्रीमानले पटकपटक अभिनय छोडेर घरमै बस्न दवाब दिदै आएका थिए । तर श्रीमानको दवावलाई निरुले अस्वीकार गर्दै आएकी थिइन् ।

उनीहरु बिचको विवाद उत्कर्षमा पुग्दा श्रीमानले निर्घात कुटपिट गरेका छन् । श्रीमानको कुटाइबाट निरूकाे कानको जाली फुटेको बुझिएको छ । आफु माथि कुटपिट भएपछि सामाजिक संजाल फेसबुकमा सांकेतिक स्टाटस समेत लेखेकी छन् , `जब सहन सक्ने साहस सकिन्छ तब मानिसले बिद्रोह गर्छ स्वाभिमानका लागि !,´उनले लेखेकी छन् ।

उनले अभिनय क्षेत्र छोड्न परिवारले दवाब दिएको भन्दै अब कसरी अगाडी बढ्ने भने बिषयमा सुझाब समेत मागेकी छन्, `मलाई परिवारले काम छोडेर बस भन्छ तर म अभिनय छोड्न सक्दिनँ,´ उनले भनेकी छन्, ` अब म के गरु डिबोस गरेको राम्रो कि काम छोडेको राम्रो सुझाब दिनुहोस् ।´ निरुले चर्चित हास्य टेलीसिरियल मेरीबास्सै लगायत एक दर्जन भन्दा बढी फिल्ममा समेत काम गरेकी छन् ।

The post चर्चित हाँस्यकलाकार निरु खड्कालाई श्रीमानले कुटे, फुट्यो कानको जाली ! appeared first on Taja nepali news.

http://ift.tt/2FvhRsq
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.