बिहानै आयो दुख्द खबर: कोरियामा ८१ जना नेपाली कामदारको मृत्यु…..

कोरियाले इपिएस परीक्षामार्फत विश्वका विभिन्न मुलुकबाट कामदार झिकाउन लागेको पनि वर्षौ बितिसकेको छ । नेपालबाट कोरियाका लागि काम गर्न जान लागेको पनि ९ वर्ष पूरा भइसकेको छ । यस अबधिमा ८१ जना कामदारको रहस्यमय तरिकाले मृत्यु भएको छ । सन् २०१८ को शुरुमै जनवरी १० मा कोरियाको पुछानमा कार्यरत एकजना नेपाली कामदारको शव आफ्नै कम्पनीको पछाडि झुण्डिएको अवस्थामा भेटियो । शव महोत्तरी बर्दीबासका २५ बर्षीय प्रकाश थापा मगरको रहेको कोरियास्थित नेपाली दुतावासले जानकारी गराएको छ । ७ महिनाअघि मात्रै उनी कोरिया पुगेका थिए । उनले आफूलाई गम्भीर रोग लागेको भन्दै घर फर्किने टिकट पनि काटिसकेका थिए ।

उनले आत्महत्या गरेको बताइए पनि स्थानीय प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ । ईपीएस नेपालको तथ्याङ्कअनुसार २००८ मा ईपीएस प्रणाली शुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा ८१ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।

९ वर्षको अवधिमा यसरी ज्यान गुमाएकामध्ये सुतेको समयमा मृत्यु हुनेको संख्या १८ रहेको छ भने आत्महत्या गर्नेको संख्या पनि उत्तिकै रहेको छ । आत्महत्याबाट ज्यान गुमाउनेको संख्या १७ रहेको ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले बताए । त्यसबाहेक कम्पनीमा भएका दुर्घटनामा १० जना, सडक दुर्घटनामा ७ जना, साथीसँगको आपसी झगडामा २ जना, स्वभाविक ढङ्गबाट १ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । बाँकी २६ जनाको मृत्युको कारण भने नखुलेको अधिकृत भण्डारीले बताए ।

ईपीएसले के पहल गर्दैछ ?

आत्महत्याको क्रम नरोकिएपछि रोकथामका उपाय सुरु गर्न ईपीएस नेपालले पहल थालेको छ । यसैविषयमा केहिदिन अगाडि काठमाडौंमा कार्यशाला सम्पन्न गरेको ईपीयसले यसै महिनामा मनोरोग विशेषज्ञ तथा मुटुरोग विशेषज्ञको टोली कोरिया पठाउने भएको छ ।

विशेषज्ञको टोलीले त्यहाँका नेपाली कामदारसँग अन्तरक्रिया गर्नुका साथै उनीहरुको मनोभाव बुझ्ने तथा स्वास्थ्य अवस्थाको जाँच गर्ने भएको छ । त्यसबाहेक कामदारका निम्ति चेतना र मनोवल बढाउने विभिन्न कार्यक्रमहरु गरिने ईपीएस नेपाल प्रमुख खतिवडाले बताए ।

तलब सुविधाको दृष्टिले आकर्षक रोजगार गन्तब्यको रुपमा हेरिएको दक्षिण कोरियामा नेपाली कामदार औपचारिक रुपमा जान थालेको ९ वर्ष पूरा भएको छ ।

सन् २००८ बाट एम्प्लोईमेन्ट परमिट सिस्टम ९ईपीएस नेपाल० तथा ह्यूमन रिसोर्स डेभलपमेन्ट ९एचआरडी० कोरियाको संयोजनमा नेपाली कामदारहरु औपचारिक रुपमा कोरियामा रोजगारका लागि जान लागेका हुन् ।

सन् २००८ देखि २०१७ सम्ममा वैधानिक रुपमा रोजगारका लागि कोरिया जाने नेपालीको संख्या ५० हजार १ सय ९८ पुगेको छ । २०१७ मा भएको भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण भएका छन् । उनीहरुमध्ये १० हजार २ सय जनाले कोरियामा रोजगार पाउनेछन् । tvannapurna

The post बिहानै आयो दुख्द खबर: कोरियामा ८१ जना नेपाली कामदारको मृत्यु….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.