मोरङबाट अायो यस्तो दुःखकाे खबरः दुई युवाको हत्यापछि सिङगो गाँऊ शोकमग्न

मोरङबाट अायो यस्तो दुःखकाे खबरः दुई युवाको हत्यापछि सिङगो गाँऊ शोकमग्न बुधबारे । उत्तरी मोरङको लेटाङ भोगटेनी नगरपालिका ५ तुर्केमा सोमबार राति हुर्रा नाचका क्रममा दुई युवाको निर्मम हत्या पछि यतिबेला सो क्षेत्र शोकमग्न बनेको छ ।

बिहिबार घटनास्थल पुग्दा आसपासका गाँउका मानिसहरुको अनुहार मलिन थियो कोही पनि घटनाका बारेमा खुलेर बोल्न चहादैन थिए । उनका आफन्त,साथीभाई र छिमेकीहरु घटनाको बारेमा कुरा गर्ने बित्तिकै भावविब्हल हुन्थे । खाउँ खाँउ र लाँउ लाँउ उमेरका कलिया युवाहरुको निर्मम हत्यापछि सो क्षेत्र नै यतिबेला शोकमा डुबेको छ ।

तिहारको उपलक्ष्यमा मगर समुदायले आयोजना गरेको हुर्रा नाचमा सहभागी हुन गएका केराबारी–९ घंघरुका १८ वर्षीय सनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको गुप्ताङग लगायत शरिरका बिभिन्न भागमा छुरीले रोपेर अर्को समुहमा रहेका युवाहरुले निर्ममतापुर्वक हत्या गरेका थिए ।

मृतक दिपेनलाई उनकै साथीहरुले बोलाएर अन्धाधुन्द छुरी प्रहार गर्न थालेपछि छुटयाउन गएका सनमलाई पनि उनीहरुले छुरी हानेका थिए । लेटाङको बुधबारेमा रहेको एक बोर्डिङ स्कुलमा अध्यायनरत उनीहरुको हत्या भएपछि उनका साथीभाई र सिंगो बिद्यालय यतिबेला शोकमा परेको छ ।

असुरक्षाका कारण घटना सो घटना हुनुमा असुरक्षा प्रमुख कारण भएको स्थानीय बताउँछन । यदि प्रशासनले सो क्षेत्रमा सुरक्षा अपनाएको भए घटना नहुने स्थानीयको तर्क रहेको छ । बि.स २०४८ सालमा सो क्षेत्रमा स्थापना भएको प्रहरी चौकी २०५२ सालमा असुरक्षा भएको भन्दै हटाईएको थियो । बेलबारीबाट १० किलोमिटर र लेटाङबाट ५ किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा पटक पटक स्थानीयले सुरक्षाका लागी पहल गर्दा समेत प्रहरी चौकी पुर्नस्थापना हुन नसकेको स्थानीय अगुवा तेज प्रसाद तिम्सिनाले बताए ।

लेटाङको दोस्रो ब्यापारिक केन्द्रका रुपमा स्थापित सो क्षेत्रमा करौडौको कारोबार गर्ने सहकारी संस्थाहरु लगायत पसलहरु रहेका छन । सो क्षेत्रमा सुरक्षा नहुँदा सो क्षेत्र यतिबेला अपराधीहरु लुक्ने सुरक्षित ठाँउ बन्दै गएको समेत तिम्सिना बताउँछन । राति १२ बजेसम्म नाचका लागी अनुमति दिने प्रशासनले सुरक्षा दिन नसक्दा सो घटना भएको भन्दै स्थानीयले प्रहरी प्रशासन प्रति आक्रोश समेत पोखेका छन ।

उपचार नपाएरै मृत्यु राति करिब १२ बजे सो घटना भएको थियो । घटनापछि भागाभाग भएपछि सो स्थान सुनसान बन्यो । युवाहरु २ घण्टासम्म मृत्युसँग जुधिरहे । तर उनीहरुको कोही कसैले उद्धार गर्न सकेन । बाटो भन्दा निक्कै तल अप्ठयारो र सवारी साधन पुग्न नसक्ने ठाँउमा मेला लागेका कारण पनि समयमा उनीहरुको उद्धार हुन सकेन । राति २ बजे बेलबारीबाट घटनास्थल पुगेको बेलबारीको एम्बुलेन्स र केही ब्यत्तिहरुले उनीहरुको उद्धार गरे जतिबेला सम्म अत्याधिक रगत बगेका कारण युवाहरुको ज्यान गईसकेको थियो ।

त्यतिबेला सम्म पनि प्रहरी त्याँहा पुगेन जसका कारण निर्दोष दुई युवाले ज्यान गुमाउनु पर्यो । घटनापछि घंघरुबाट बिवाह गरेर तुर्केमा रहेकी एक महिलाले राति माईती गाँउमा घटनाबारे सुनाएपछि घटनाको बारेमा उनीहरुका आफन्तहरुलाई जानकारी भएको थियो ।

घटनाको हुनुको कारण के थियो ? मृतकहरु र उनीहरुलाई हत्या गर्ने समुहका युवाहरुबिच पुरानो बिवाद रहेको थियो । दिउँसो उनीहरु बिच मिलापत्र पनि भएको थियो । तर राति हत्या गर्ने समुहका नाईकेले आफना साथीहरुलाई लिएर सोही ठाँउमा पुगी मृतकलाई बोलाएर अन्धाधुन्द छुरी प्रहार गरेका थिए । मृतक दिपेनलाई छुरी हानेपछि छुटयाउन गएका सनमलाई समेत छुरी प्रहार गरिएको थियो ।

अर्को घटनाको त्रास करिब २ दशकअघि सो क्षेत्रमा सामान्य झगडाले जातिय रुप धारण गर्दा केहीले मृत्युवरण मात्र गर्नुपरेन । लाखौ धनजनको क्षति भयो भने थुप्रैले सो ठाँउबाट बिस्थापित समेत हुनुपरेको थियो । अहिले भएको घटनाले पनि त्यही रुप लिने आशंकाले स्थानीय थप त्रसित समेत बनेका छन । यो घटनालाई लिएर त्यस्ता किसिमका घटना नहुन भनेर संयमता अपनाउन समेत स्थानीयले सबैमा आग्रह गरेका छन । पूर्वेलीन्यूजबाट ।

The post मोरङबाट अायो यस्तो दुःखकाे खबरः दुई युवाको हत्यापछि सिङगो गाँऊ शोकमग्न appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.