सर्पको जस्तै छाला भएकी यी किशोरी

एजेन्सी– भारतकी एक किशोरीको शरीरको सबै छाला सर्पको जस्तै छ। उनका हात–खुट्टा मात्र देख्दा मानिसहरु सर्प भनेर झुकिन्छन्। सर्पको जस्तै उनको छालामा कत्ला पर्ने र झर्ने गर्छ।

सलिनी यादव नाम गरेकी १६ वर्षीया ती किशोरीको शरीरबाट एउटा अनौठो गन्ध पनि आउँछ। उक्त गन्ध सर्पको कत्लाबाट आउने गन्धजस्तै भएको बताइएको छ।

परिबारको दयनीय आर्थिक अवस्थाका कारण खर्च जुटाउन नसक्दा उनको उपचार समयमै हुन नसकेको हो। किशोरीलाई इराइथ्रोडर्मा भएको चिकित्सकको अनुमान छ। इराइथ्रोडर्मा एक प्रकारको छाला सम्बन्धी रोग हो, जसले छाला भतभती पोल्छ। उनको समस्यलाई ‘रेड मेन सिन्ड्रोम’ पनि भनिन्छ। यसले छालाको पाप्रा उप्किन्छ।

उनको हरेक ४५ दिनमा शरीरको छाला उप्किने गरेको छ। उनले हरेक घण्टा आफ्नो छाला पानीले भिजाउनुपर्छ। दिन, रात, बिहान सबै समयमा हरेक घण्टा पानीले भिजाउनुपर्छ। त्यसपछि हरेक तीन–तीन घण्टामा शरीरभरि नै क्रिम लगाउनुपर्छ। नत्र उनी छाला सुकेर हिँडडुल गर्न सक्दिनन्। उनको हातखुट्टा र अनुहार आगोले पोलेजस्तै देखिन्छन्। बाल्यकालदेखि नै उनमा यो समस्या देखिएको उनकी आमाले बताइन्।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

भनिन्, ‘सलिनीलाई धेरै चिकित्सक कहाँ लगे तर कहीँ पनि उपचार हुन सकेन। बरु उनको अवस्था झन् बिग्रँदै गयो। यो रोगले छोरीलाई पलपल मृत्युको मुखमा धकेलेको भन्दै उनकी आमाले दुखेसो पोखिन्।

ती किशोरीले भनेकी छिन्, ‘म पढ्न चाहन्थे तर उनीहरुले विद्यालयबाट निकालिदिए। मेरो अनुहार देख्दा विद्यालयका अन्य छात्रछात्रा समेत डराएर मलाई विद्यालयबाट निकालिदिएका हुन्।’ उनी भन्छिन् ‘मेरो समस्याका कारण घरका सबै सदस्य पीडित छन् ।’

The post सर्पको जस्तै छाला भएकी यी किशोरी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.