जमिनबाट निस्किन थाल्यो धुँवा, स्थानीयलाई अनिस्ट हुने चिन्ता

लमजुङ, २४ पुस– लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो ।

स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्दै गएको स्थानीयवासी सुनिता खनालले बताए । विशेषगरी बिहान र बेलुकीको समयमा धुवाँको मात्रा बढी देखिने खनालको भनाइ छ ।

सुक्खा जमिनबाट अचानक धुवाँ आउन थालेपछि त्रस्त भएका स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । स्थानीयवासीले भेला भई सुरक्षा र आवश्यक जाँचबुझका लागि निवेदन दिएको स्थानीय विश्वबन्धु अधिकारीले बताए ।

घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरी पहल गरेको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले बताए । जानकारी पाएसँगै आफूले पनि स्थलगत अवलोकन गरेको उनले बताए । आश्चर्यपूर्ण घटनाका सम्बन्धमा विभिन्न आङ्कलन भएको छ । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै सुख्खा जमिनमा धुवाँ निस्किएपछि जमिन भित्रको पानीको दबाबका कारण चट्टान तातेर धुवाँ निस्किएको हुन सक्ने स्थानीयवासीको आशङ्का छ ।

वर्षौंदेखि वरपर जमिनमा कुनै पानीको मूल नभएको र जमिन सुख्खा भएकाले पानी वा चिस्यानको बाफ नभई जमिन भित्रको तातोको धुवाँ हुनसक्ने स्थानीयवासी कृतिनाथ सापकोटाले बताए । दिन प्रतिदिन तातो धुवाँको मात्रा बढ्दै गएकाले यथाशीघ्र छानबिन गरी सुरक्षाको प्रत्याभूति दिन स्थानीयवासीको माग छ ।

The post जमिनबाट निस्किन थाल्यो धुँवा, स्थानीयलाई अनिस्ट हुने चिन्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.