सामान्य युवती एक्कासी युट्युबमा भाइरल, ४ दिनमै डेढ करोडपटक हेरियो भिडियो (भिडियोसहित)

यी युवतीलाई ४ दिन अघिसम्म गुमनाम थिइन् । तर ४ दिन पछि नै उनलाई चिन्ने करोडौं छन् । यी युवती एक्कासी युट्युबमा भाइरल भएकी छिन् । उनको एउटा भिडियो ४ दिनमै १ करोड २५ लाखभन्दा धेरैपटक हेरिएको छ र यो भिडियो हेर्ने क्रम निकै तीब्र छ । भारतको हरियाण यमुनानगरमा मुकुन्दलाल नेशनल कलेजकी विद्यार्थी आकांक्षा बोहताको दाजुबहिनीको स्कुले जीवनको भिडियो निकै भाइरल भइरहेको छ ।

यो भिडियोमा आकांक्षाले पढाइका क्रममा दाजुबहिनीको प्रेम र छोरीको जीवनमा आउने चुनौतीहरुलाई निकै सुन्दर ढंगले देखाएकी छिन् । प्राध्यापक सतीश चौधरीकी छोरी आकांक्षा बीकम अन्तिम वर्षकी विद्यार्थी हुन् । उनले आफू ग्रामीण पृष्ठभूमिबाट आएका कारण किशोरीको जीवनमा आउने धेरै समस्या भोग्दै आएको र यी समस्यालाई नाटकको रुपमा देखाउन मन लागेको बताइन् ।

यही क्रममा उनको भेट चर्चित युट्युबर अमित भडनासँग भयो । अमितले आकांक्षालाई यस काममा सक्दो सहयोग गर्ने आश्वासन दिए । बाल्यकालदेखिकी साथी मंजुल कपुरले पनि आकांक्षालाई सहयोग गरिन् । यसरी तयार गरिएको भिडियो ४ दिनअघि युट्युबमा अपलोड भएको थियो । अमितको युट्युब च्यानलमा अपलोड भएको भिडियो लगातार भाइरल हुँदै गएको छ ।

हेर्नुहोस् यस्तो छ भिडियो –

The post सामान्य युवती एक्कासी युट्युबमा भाइरल, ४ दिनमै डेढ करोडपटक हेरियो भिडियो (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.