काठमाडौँ । भारतीय सञ्चारमाध्यम आजतकले नेपालमा छाउपडी व्यवस्था रहेको र महिनावारी हुँदा महिला घरनिकाला हुने गरेको समाचार दिएको छ ।
‘नेपालका केही इलाकामा अहिले पनि महिनावारी हुँदा महिला घरमा रहे अशुभ हुने भयले निकाला गर्ने चलन छ,’ समाचारमा भनिएको छ, कुनै अशुभसँगै दुःखको पहाड खसेर कसैको मृत्युसम्म हुन्छ भन्ने अन्धविश्वास कायमै छ ।’
महिनावारी हुँदा विवाहित महिलाले एक दिन र अविवाहितले एक हप्ता घर बाहिर रहनु पर्ने नियम रहेको आजतकले लेखेको छ । पश्चिम नेपालको अछाममा छाउपडी कायमै छ । अघिल्लो हप्ता मात्र एक युवतीको छाउ बस्दा मृत्यु भएको छ । महिनावारी हुँदा घर, मन्दिर, पानी पँधेरो जानसमेत निषेध छ । कानुनीरुपमा छाउ बस्न प्रतिबन्ध भए पनि यो प्रथा कायमै रहेको आजतकले लेखेको छ ।
‘महिनावारी हुँदा महिललाई घरमा राखे भगवान रिसाउँछन् भन्दै घर बाहिर राख्ने चलन छ, महिनावारी भएका महिलाले गाई छोए गाईले दूधसमेत दिँदैन भन्ने भ्रम छ,’ आजतकले लेखेको छ ।
The post भारतीय मिडियाले यस्तो लेखे नेपाली महिलाबारे: ‘भगवान रिसाउँछन् भनेर घरनिकाला हुन्छन्’ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.