केपी ओली प्रधानमन्त्रि बनेपछि भारतको सिमानामा तारबार लाग्नेछ, वाधहरु भत्कनेछन् – साध्यवहादुर भण्डारी

साध्यवहादुर भण्डारी प्रदेश र प्रतिनिधि सभाको चुनाव हुनु अगाडी सम्म जनमोर्चा नेपालका अध्यक्ष थिए। उनी सिमाविद तथा राष्ट्रियताको विषयमा विज्ञ मानिन्छन। एमालेले राष्ट्रियताको पक्षमा अडान लिएको कारण उनि चुनावको मनोनयन दर्ता गर्ने अघिल्लो दिनमात्र एमालेमा प्रवेश गरेका हुन्। अबको नेकपा एमाले अथवा वाम पार्टीको एकता पछि बन्ने नयाँ पार्टिमा उनले लिने राश्त्रियताको मुद्दाको सेरोफेरोमा बन्दीपुर टाइम्सका लागी विनोद भट्टराईले लिएको अन्तर्वार्ता :

१) तपाईले जनमोर्चालाई एमालेमा गाभ्नुभयो। अब जनमोर्चा नेपालको मुद्दाहरु के हुन्छन ?

हामीले दश वर्ष जनमोर्चा नेपालबाट कठोर संघर्ष गरेर राष्ट्रियताका मुद्दालाई जोगाइरहेका थियौ। नाकाबन्दीको समयपछि एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा लिएको अडानका कारण अब एमालेसँग मिलेर राष्ट्रियताको लडाई र त्यहिँबाट राष्ट्रियताको पक्षमा मोर्चाबन्दी आवाश्यक रहेको ठहर गरेकाले पार्टी एकता गरेका थियौ। त्यसैले राष्ट्रियताका मुद्दाहरु अब छिटै देशमा स्थापित हुनेछ।

२) अलि प्रष्टसँग भनिदिनुस न एमालेमा के परिवर्तन पाउनु भयो र पार्टी एकता गर्नुभयो ?

खास गरेर नाकाबन्दीको समयमा एमालेले लिएको अडान, भारतसँग असमान सन्धि नगरेको, चीनसँग नेपालको वर्तमान समयका समस्याहरु सामधान गर्ने हिसाबले गरेका सम्झौता र तराईलाई टुक्राउने गरि गर्न खोजिएको संबिधान संसोधनमा एमालेको अडानले देश राष्ट्रियताको नयाँ चरणमा प्रवेश गरेको छ। चीनको प्रगतिश्ला आयामलाई नेपालसँग जोडिन सक्ने अवस्था भएकाले पार्टी एकता भएको हो।

हामीले पार्टी एकता गर्नु अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बसेर छलफल गरेका थियौ। र केहि नेपाल चाइना सम्बन्धका विषयमा सुझावहरु पनि दियौ। उँहाले राष्ट्रियताको पक्षमा राखेका कुराहरुले हाम्रो मन झन् प्रफुल्लित भयो। उँहाले भारतसँग गरेका असमान सन्धिको पुनरावलोकन, नेपाल भारतको सिमानामा काडेबार लगाउने तथा नदीनालामा लगाएका तटवन्धन भत्काउने जस्ता विषयमा सहमति जनाउनु भयो।

३) तपाई राष्ट्रियसभाको सदस्य बन्नका निम्ति एकता गर्नु भएको हो भन्ने कुरा वाहिर आइरहेको छ नि ?

म राष्ट्रियसभाको सदस्य बन्नका निम्ति पार्टी एकता गरेको होइन तर, अध्यक्ष क. ओलीसँग निरन्तर छलफलमा राष्ट्रियता र सम्ब्रिधिको विषयमा सहभागिता जनाउन राष्ट्रिय सभाको सदस्य हुन् आवाश्यक छ भन्न खोज्नु भएको होला। साथीहरुले पनि प्रस्ताव गरिरहनुभएको छ। मुलत: भारतले नेपाल विरोधी जुन गतिविधि गरिरहेको छ त्यसको विरोध हामीले सडकबाट निरन्तर गर्यौ। अब देशलाई फिजीकरण र सिक्किमीकरण हुनबाट जोगाउन संसदबाट पनि आवाज उठाउन जरुरि छ।

४) नेकपा एमाले र नेकपा माओवादी विच पार्टी एकता होला त् ?

राष्ट्रियता, जनजीविका र राष्ट्रको सम्वृद्धिको विषयमा पार्टी एकता जरुरि छ। यस विषयमा मैले दुवै पार्टीका अध्यक्षहरु कमरेड प्रचण्ड र केपी ओली सँग कुराकानी गरेको छु र निर्वाचन अगाडी वाम गठवन्धनले जनतामाझ प्रस्तुत गरेका एजेण्डाहरु निर्वाचनपश्चात अनुमोदित भैसकेका छन्। दुवै पार्टीहरु जनताको चाहाना विपरित गएर निर्णय गर्छन जस्तो लाग्दैन। वाहिर जसरी एकताविरोधी हल्ला आइराखेको छ त्यो राष्ट्रियता तथा सम्वृद्धि विरोधी केहि चलखेल मात्रै हो। दुवै पार्टीका अध्यक्षहरु सँग गरेका निरन्तर छलफलका निष्कर्षबाट पनि पार्टी एकता हुनेमा विश्वस्त छु। nepaliaawaj

The post केपी ओली प्रधानमन्त्रि बनेपछि भारतको सिमानामा तारबार लाग्नेछ, वाधहरु भत्कनेछन् – साध्यवहादुर भण्डारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.