बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि…

जिल्लाको लालबन्दि नगरपालिका–९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला सहित २ जना पक्राउ परे । होटलबाट नक्कली अपहरित महिला बबिता चौहान तथा मकवानपुर मनहरी गाउँपालिका ४ हाडी खोला बस्ने रामकृष्ण गोतामेको छोरा बर्ष ४२ का बिष्णुबहादुर गोतामेलाई होटलमा सँगै बसेको अवस्थामा पक्राउ गरेका हुन् ।

बबिता बस्नेत चौहान घरबाट काम बिशेषले बाहिर गएकी थिइन् तर बेलुका सम्म नफर्केपछि बेपत्ता भएकोले खोजतलास गरी पाउँ भनी बस्नेतका श्रीमान मेघराज चौहानले निवेदन दिएका थिए । श्रीमान चौहानले दिएको निवेदनमा बेपता भएकि श्रीमतीको नम्बरबाट बेलुका अपहरितकि दाई कुलमणी बस्नेतलाई फोन आयो ।

श्रीमतीको मोबाइल नम्बर #बाट अपरिचित पुरुष मानिसले फोन सम्पर्क गरी तेरो बहिनी मेरो कब्जामा छ सकुशल चाहन्छस भने दश लाख तयारी गरी राख, प्रहरीलाई खवर गरेमा तेरो छोरा छोरी काठमाडौ के कुन ठाउमा बस्छन् तथा के कुन स्कुलमा पढ्छन मलाई सबै थाहा छ भनी फोनबाट धम्की दिईयो ।

अपरिचित व्यक्तिले श्रीमतीलाई अपहरण गरेको हुनसक्ने आशंकामा खोजतलासका लागि उनको चौहानले झापा प्रहरीलाई निवेदन दिएका थिए । फेरी मेघराज चौहान र कुलमणी बस्नेतलाई बबिता बस्नेत चौहानको मोबाईल र फेसबुक मेसेन्जर समेतबाट ज्यान मार्ने सम्मको डर धाक धम्कीपुर्ण भाषामा पूनः फिरौती रकम रू. ३० लाख माग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरी अनुसन्धानका क्रममा बबिता बस्नेत चौहानले नाटक गरेको पत्ता लाग्यो । बबिता र बिष्णु गौतमको योजना र मिलेमतोमा बबिता बस्नेत चौहानले आफु अपहरणमा परेको भनी आफ्नै श्रीमान तथा दाजु समेतलाई डर धाक धम्की दिई फोन तथा सामाजिक सञ्जाल फेसबुक मार्फत पटकपटक फिरौती रकम मागेको खुलाशा भएको छ । प्रहरीले बबितालाई सर्लाहीको यूनाईटेड होटलमा नक्कली अपहरणकारी सँगै बसेको अवस्थामा फेला पारेको थियो । स्रोत : लाइट नेपाल

The post बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.