आर्यनको फिल्ममा ‘साम्राज्ञी हिरोईन !

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो पुस्ताको चल्तिको हिरोईनमा गनिन्छिन् । ‘ड्रिम्स’ डेब्यू गर्ल साम्राज्ञीले पहिलो फिल्मबाट नै अभिनयमा आफुलाई अब्बल देखाईन् ।

त्यसपछि उनलाई खोज्ने निर्माता निर्देशकहरुको भीड नै लाग्यो । धेरै प्रस्ताव अस्विकार गरेकी उनले दोस्रो फिल्म ‘ए मेरो हजुर २’ गरिन् । त्यसले पनि उत्तिकै सफलता दियो । जसकै कारण पनि उनको चर्चा परिचर्चा चुलिँदो छ ।

अभिनय र सुन्दरता दुबैमा पुर्ण देखिएकी यी सुन्दरी अभिनेत्री यतिबेला फुर्सदमै छिन् । ‘इन्टु मिन्टु लण्डन’को छायाँकनको लागी लण्डन जाने तयारी हुँदा बेलायत सरकारले भिषा उपलब्ध नगराएपछि त्यो काम त्यतिकै अड्केको छ ।

‘तिमी सँग’ नामको फिल्मको छायाँकन सकिएको छ । यो बीचमा साम्राज्ञीले नयाँ प्रोजेक्ट ‘साईन’ गरेको चर्चा चलेको छ, प्रोजेक्ट हो अभिनेता आर्यन सिग्देलको ।

आर्यनले आफै लिड अभिनयमा रहने गरी निजी कम्पनि ‘आर्यन सिग्देल ईन्टरटेन्मेन्ट’को तर्फबाट निर्माण गर्न लागेको अन टाईटल प्रोजेक्टमा साम्राज्ञी अनुबन्ध भएको श्रोत बताउँछ ।

तर आर्यनले भने यो विषयमा अहिले नै लेख्दा हतार हुने तर्क गरे । फिल्मीनेपालसँगको कुराकानीमा आर्यनले साम्राज्ञीसँग चरणगत कुरा भईसकेको र उनि ईच्छुक पनि भएको भन्दै अनुबन्ध नै भने नभईसकेको दाबी गरे ।

पछिल्लो फिल्म ‘रुद्रप्रिया’ले आशातित सफलता नदिएपछि आर्यन यतिबेला ‘सेफ ल्याण्डिङ’ को तयारीमा छन् । त्यसैले पनि पछिल्लो समयकी चल्तीकी अनि राम्रो फ्यान फ्लोईङ बोकेकी साम्राज्ञीसँग जोडी बाँध्दा सफलता पाउने आशा पनि आर्यनसँग हुनसक्छ । हेर्न बाँकी छ चकलेटी हिरोको उपमा पाएका आर्यन र साम्राज्ञीको जोडी पर्दामा कति जम्छ, दर्शकले कस्तो मान्छन ! फिल्लिमी नेपालबाट

The post आर्यनको फिल्ममा ‘साम्राज्ञी हिरोईन ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.