बेहुला र बेहुली मण्डपबाटै पक्राउ

जेष्ठ २५, २०७४- पकली उच्चमाविमा कक्षा ९ मा पढ्दै गरेकी १६ वर्ष ८ महिना २३ दिन उमेरकी किशोरी सरिता थापा र मोरङको कोशीहरैचा लालभित्तीका २५ वर्षका भीमबहादुर कटुवालको बिवाह बालविवाह भन्दै बालबालिकाले रोकेका छन् ।

नगर बाल संजालको उजुरीका आधारमा सिन्दूर लगाउन बाँकी भएको अवस्थामा बेहुलाको बाबु गोपाल कटुवाल, बेहुलीका बाबु विश्वबहादुर र आमा लक्ष्मी थापालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी हिरासतमा लिएको छ । बिवाह गराउने पण्डित र बिवाह मिलाउने लमी भने फरार छन् ।

नगर बाल संजालका संरक्षक इटहरी उपमहानगरपालिकाका अधिकृत राजेन्द्र धिमाललाई इलाका प्रहरी कार्यालय भित्र स्थानीयले बिवाह भडूवा भन्दै हातपात गरेका थिए ।

बेहुला र बेहुली दुवैलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय पुर्‍याएपछि जन्ती र स्थानीय गाउँलेहरुले प्रहरी कार्यालय घेराउ गरेर दुवैलाई छाड्न दबाब दिए ।

बेहुली पक्षले आर्थिक दुराअवस्थाको कारण पढाउन नसकी विवाह गरिदिनु परेको गुनासो गरे । कानूनीरुपमा विवाह रोक्नु पर्ने अवस्थामा अगाडी नै जानकारी नपाएको गुनासो आफन्तको थियो । kantipur.ekantipur.com

http://bit.ly/2s7sK0b

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.