दर्शकलाई भेडा देख्ने प्रियङ्का कार्कीको दृष्टिदोश कि प्रेमको मात ?

नेपालका धेरै दर्शकहरुले मन पराउने नायिका मध्य एक हुन प्रियङ्का कार्की । उनीप्रति दर्शकले शुभेच्छा र माया अत्याधिक देखाएका पनि छन् । यहीकारण पनि उनी छोटो समयमै नेपालकी नम्बर वान नायिका बनिन् । पछिल्लो समयमा भने उनले तिनै दर्शकको चित्त दुख्ने गरी एउटा शब्द प्रयोग गरेकी छिन् त्यो हो, भेडा । नायक आयुस्मान देशराज जोशी संगको प्रेमको बचाउ गर्दै आफ्नो बारेमा बोल्ने र लेख्नेहरुलाई उनले भेडा भनेकी हुन् । विशेष गरी युट्युबका अन्तर्वाताहरुमा जथाभावि कमेन्ट लेखेको भन्दै उनले कमेन्ट गर्नेहरुलाई केहि नबुझ्ने भेडाहरु भनेकी छिन् ।

उनले अन्तवार्तामा आक्रोशीत हुदै भनेकी छिन्, ‘जति सम्झाए पनि कुरै नबुझ्ने भेडाको जस्तै व्यवहार देखाउँछन् ।’ नायिका प्रियङ्काको भनाईलाई मान्ने हो भने आमदर्शक के भेडा हुन् ? अघिपछि दर्शकहरु लाई भगवान मान्नेले किन भेडाको संज्ञा दिइन् कतै प्रेमको आबेग र उन्माद त हैन ? आफ्नो प्रेम र चुम्बन काण्डलाई चोख्याउन । भेडाको अर्थ के हो ? यो कुरा उनले सम्भवत बुझेकै हुनुपर्छ । किनकी उनी आफू पढेलेखेकी र संस्कारी केटी पनि हो भनेर बताउँदै आएकी छिन् । अन्र्तवार्ताकै क्रममा आफ्नो प्रेम र चुम्बनको विषयमा समाचार बनाएर पत्रकारले पैसा कमाएको भन्ने गम्भिर आरोप समेत लगाउन भ्याएकी छिन् ।

सार्वजनिक समारोहमा प्रियङ्काको हरकतलाई शालिन ढंगले समाचार बनाउने पत्रकारलाई प्रियङ्काले लगाएको यो गम्भिर आरोप भोलिका दिनमा महंगो सावित हुन सक्छ । के नेपालका पत्रकारहरुले प्रियङ्का कार्की को चुम्वन बेचेर घरपरिवार र जीविकोपार्जन गरेका छन् ? यो कुरा प्रियङ्काले स्पष्ट पार्न जरुरी छ ।

प्रियङ्का लाई प्रियङ्का बनाउने नेपाली दर्शक र नेपालका पत्रकार र सञ्चारमाध्यम हुन् । आफनो चुलिदो चर्चाको घमण्ड प्रियङ्कालाई चढेको हो भने यहि अभिव्यक्ति उनको ओरालो लाग्ने कारण नबन्ला भन्न सकिन्न । ब्यक्तिको जति चर्चा र उचाई बढदै जान्छ त्यति संयम हुदै जानु पर्छ । तर त्यसको विपरीत उत्तेजित हुदै जाने हो भने रातारात स्खलित हुनुपर्छ भन्ने प्रियङ्का जस्तो नायीकालाई हामीले भन्नु नपर्ने हो । नेताका लागि जनता जनार्दन अभिनेताका लागि भगवान हुन भने जस्ले अपार माया र सम्मान दिए उसैलाई अपमान गर्ने प्रियङ्काका शब्दमा बेलैमा लगाम लागेन भने ब्यवसायिक जीवनमा राम राम भन्ने मात्र पाउने र काँध थाप्ने त आयुस्मान मात्र पो हुन्छन कि ? हामीले चिन्ता गरेर मात्र के होला ? आगे प्रियङ्काको मर्जी ।forseenetwork

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.