अर्काकी श्रीमतीलाई एकरातको १ अर्व अफर गर्ने संसारका धनि राजा

साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएका छन् । राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् । युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि बनाइएको छ । योभन्दा अघि उनले उप–प्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए ।

मिडिया रिपोर्ट अनुसार युवराजाधिराज मोहम्मदलाई दुई वर्ष पहिलेसम्म कसैले चिन्दैनथे । यद्यपी, बुवा राजा बनेपछि उनले निकै तीब्र रुपमा देशको सत्तामा आफ्नो पकड जमाएका छन् ।

क्राउन प्रिन्स सलमान आफ्ना परिवारका अन्य सदस्यजस्तै विलासी जीवनशैलीका निकै शौखिन छन् । उनले केही समय अघि एक सुपर लक्जरी याच (डुङ्गा) खरिद गरेका थिए जसका कारण उनी मिडियामा चर्चित भएका थिए । उनले एक रातको पार्टीका लागि करोडौं रकम पनि खर्च गरिसकेका छन् ।

तीन अर्ब डलरको सम्पत्तिः

युवराजाधिराज मोहम्मद बिन सलमान साउदी शाही परिवारका शीर्ष १० धनीमा समावेश छन् । ‘द टप रिचेस्ट’ नामको वेबसाइट अनुसार उनको कूल सम्पत्ति करिब तीन अर्ब डलर छ ।

सलमान इकोनोमिक काउन्सिल एण्ड डेभलपमेन्ट अफ साउदी अरबका प्रमुख पनि हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको पहिलो विदेश भ्रमणमा साउदी अरब बोलाउनुमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।

एक रातमा रित्ताए ८२ करोडः

युवराजाधिराज मोहम्मदले केही वर्ष पहिले माल्दिभ्समा आफ्नो जन्मदिनको पार्टी आयोजना गरेका थिए । मिडिया रिपोर्ट अनुसार एक रातको पार्टीका लागि सलमानले ८० लाख डलर (८२ करोड रुपैयाँ) रित्ताएका थिए ।

उक्त पार्टीमा पिट बुल, जेनिफर लोपेज र शकिराजस्ता सेलिब्रिटीलाई बोलाईको थियो । साथै, गेंगनम स्टाइल फेम पिएसवाई पनि उक्त पार्टीमा उपस्थित थिए । उनले उक्त पार्टीमा छिमेकी देशका थुप्रै युवराजाधिराज र चर्चित हस्तीलाई आमन्त्रण गरेका थिए ।

एक रातका लागि किम कार्दासियनलाई दिए १ अर्बको अफरः

युवराजाधिराज मोहम्मदले आफूसँग एक रात बिताउनका लागि चर्चित अमेरिकी टेलिभिजन सेलिब्रिटी किम कार्दासियनलाई १ अर्बको अफर दिएका थिए ।

कार्दासियनका श्रीमान् कान्ये वेस्टले एक ट्वीट गरेका थिए । यसमा उनले आफू ५.३ करोड डलरको ऋणमा डुबेको बताएका थिए ।

यसबारे जब युवराजाधिराजलाई सोधियो तब उनले आफूलाई कान्येमा केही रुची नभएको तर यदि उनले श्रीमती (किम कार्दासियनलाई एक रातका लागि उनका लागि ल्याए उनलाई १ करोड डलर (१ अर्ब रुपैयाँ) दिने बताएका थिए ।

उनको यो बयान पश्चिमी मिडियामा निकै चर्चित बन्यो ।nayabato.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.