एक महिला १७ महिनादेखि गर्भवती

एजेन्सी – एक चिनियाँ महिला १७ महिनादेखि गर्भवती छिन् । लामो समय गर्भ रहेका कारण ती महिलाले चिकित्सकसँग शल्यक्रिया गरी बच्चा निकालिदिन आग्रह गरेकी छिन् । हुनान प्रान्तकी वाङ सिले गत वर्षको नोभेम्बरमा नै बच्चा जन्माउनु पर्ने थियो ।

उनी सन् २०१५ को फ्रेबुवरीमा गर्भवती भएको र नौ महिनापछि आफ्ना पति खाङ झिवीईसँग अस्पताल पुगेको बताइन् । `डेट कटेपछि बच्चा जन्माउने आशामा साताको एक पटक अस्पताल धायांै, तर समय नपुगेको भन्दै चिकित्सकले फर्काउन थाले,’ वाङले भनिन् । परीक्षण गर्दा मात्रै १० हजार यान खर्च भइसक्यो, अब त हाम्रो धैर्य पनि टुटिसकेको छ,’ उनले भने ।

बच्चा जन्माउन आफू पूर्ण रुपमा स्वस्थ र बलियो भएको उनले बताइन् । तर लामो गर्भधारणले आफू र परिवारका सदस्यमा गहिरो चोट पुगेको उनले बताइन् । ‘महिनौसम्म गर्भधारण भएर बस्दा लाज लागेको छ । आशा छ अर्को महिना सुरक्षित र सफलतापूर्वक बच्चाको डेलिभरी हुनेछ,’ उनले भनिन् ।
वाङको पेटभित्रको बच्चाको तौल ३८०० ग्राम रहेको बताइन्छ । उनले अर्को महिना जसरी भए पनि सि सेक्सन गरेर बच्चा जन्माउने निधो गरेकी छिन् । swasthyakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.