चार दिनदेखि छट्पटाएकी गर्भवतीको यसरी भयो उद्धार

बाजुरा, असार ११ – चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी बाजुराको गोत्रीकी गर्भवतीलाई आइतबार बिहान उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पुर्‍याइएको छ । बाजुरा सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दूरीमा पर्ने साविकको गोत्री गाविस–७ मा विपन्न दलित परिवारकी ४१ वर्षीया फूलटुका ढोली सुत्केरी हुन नसकेर छट्पटाई रहनुभएको थियो । ज्यानै जोखिममा पुगेको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आइतवार बिहान सिम्रिक एयरको हेलिकप्टर गाउँमै अवतरण गराएर नेपालगञ्ज पठाइएको जिल्ला कार्यालयका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

फूलटुकालाई बिहीबार सुत्केरी व्यथा सुरु भएको थियो । एक दिन घरमै पर्खदा सुत्केरी हुन नसकेपछि उहाँका पति जयलाल ढोलीले दोस्रो दिन हुनी स्वास्थ्य चौकी लैजानुभएको थियो । स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले प्रसुती गराउन नसकेर रेफर गरेका थिए । तर उनलाई अन्यत्र लैजान परिवारको आर्थिक अवस्था कमजोर भएकाले त्यही थन्किनुभएको थियो । ‘हाम्रो पहलमा परिवार स्वास्थ्य महाशाखाले चार लाख ५० हजार रुपयाँ आर्थिक सहयोग गर्ने आश्वासन दिएपछि फूलटुकाको उद्धार सम्भव भएको हो’ जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाँईले भन्नुभयो । उनलाई नेपाली सेनाले बोकेर हेलिकप्टरमा चढाएको थियो । फूलटुकाको यो छैटौं गर्भ हो ।ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.