४६ लाखको बाला हातबाट झरेर भाँचिएपछि महिला बेहोस

चीनमा एकजना पर्यटक महिलाले करिब ४६ लाख रुपैयाँ (३ लाख युवान)पर्ने बाला (ब्रासलेट) लगाउनेक्रममा दुर्घटनावस भाँचिदिएपछि बेहोस भएकी छन् ।

पश्चिम चीनस्थित रुइली सहरको जेड मार्केटमा बिक्रीका लागि राखिएको महँगो उक्त बाला ती महिलाले लगाउनेक्रममा दुर्भाग्यवस हातबाट खसेर भाँचिएपछि उनी बेहोस भएकी ‘मेल अनलाइन’ले उल्लेख गरेको छ ।

पिपुल्स डेली’अनलाइनकाअनुसार गत मंगलबार ती महिलाले बाला लगाउने कोसिस गर्दा हातबाट झरेर भर्‍याङमा गुड्दै तल्लो तल्लामा पुगेर दुई टुक्रा भएको थियो । बाला झरेर भाँचिएको देखेपछि उनी बेहोस भएकी थिइन् ।

जेड मार्केटमा राखिएको उक्त बिलासी बाला लगाएमा स्वास्थ्य राम्रो हुने र धेरै वर्ष बाँच्ने चिनियाँ जनविश्वास रहेको छ ।

बाला पसलको मालिकले उक्त बाला तीन लाख युआन अर्थात् ४५ लाख ६९ हजार ६ सय २१ रुपैयाँमा बिक्री हुँदै आएको बताए ।

ती महिलाले होसमा आएपछि क्षतिपूर्ति तिर्न आफ्नो पारिवारिक सदस्यलाई बोलाएकी थिइन् ।

उनको परिवारले क्षतिपूर्तिस्वरुप उक्त पसललाई करिब ११ लाख रुपैयाँ (७० हजार युआन) दिन मन्जुर भएपनि पसल मालिकले नमानेको बताइएको छ ।

समाचारमा जनाइएअनुसार पसल मालिकले करिब २८ लाख रुपैयाँ (१ लाख ८० हजार युआन तिनुपर्ने शर्त राखेपछि ती महिलाको परिवारले उक्त रकम तिर्न सहमत भएको छ । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.