मृत्यु नजिक रहेकी छोरीसँग चिहानमा खेल्ने गर्छन् पिता, यस्तो छ कारण

काठमाडौं, १४ असार — चीनको सिचुआन प्रान्तमा रहेको नेइजिङमा बस्ने एक दुई वर्षीया बालिकाका पिताले उनलाई चिहानमा गाड्न तयार पारेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि जनताले आर्थिक सहयोग गरेका छन् ।

झाङ सिनलेई थालास्सेमिया नामक प्राणघातक रोगबाट पीडित छिन् र उनलाई पितासँगै दिनदिनै चिहानमा राखिने गरिन्छ । मिडियामा आएको रिपोर्टअनुसार पिताले बच्चीलाई चिहानमा दिनदिनै खेल्न र आराम गर्नका लागि ल्याउने गरेका छन् ।

मृत्युको तयारीस्वरूप यसो गरिएको पिता बताउँछन् ।

उक्त परिवारले झाङको उपचारका लागि करीब २० हजार ६०० डलर खर्च गरेपनि ठीक नभएको र उपचार खर्च उठाउन नसकेको बताएको छ ।

यो हृदयविदारक कथा चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो र अखबारको हेडलाइन पनि बनेको थियो ।

झाङकी आमा देङ मिनले डोनेसनका लागि अनुरोध गरेकी छन् ।

जनताले बच्चीप्रति सहानुभूति देखाएपनि धेरैले आमाबुवाको व्यवहारको भने आलोचना गरे र बच्चीको मानसिक स्वास्थ्यमा क्षति पु–याएको आरोप लगाए ।

थालास्सेमिया वंशाणुगत रूपमा सर्ने रगतसम्बन्धी रोग हो । जन्मअघि नै यसको पहिचान हुनसक्ने भएपनि चीनका गाउँलेहरूलाई यसको परीक्षणका बारेमा जानकारी छैन ।

पिपुल्स डेली चाइनाबाट

भिडियो हेर्नुहोस

http://ift.tt/2spxeLo
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.