चीनले बुलडोजर लगाएर भत्कायो भारतीय बंकर, युद्धको खतरा बढेपछि भारतीय सेना प्रमुख सिक्किम जाँदै

काठमाडौं, १५ असार । भारतीय सेना प्रमुख जनरल बिपिन रावत सिक्किम जाने भएका छन् । सिक्किम बोर्डर पछि चीन र भारतबीच तनाव बढेपछि भारतीय सेना प्रमुख सिक्किम भ्रमणमा जान लागेका हुन् ।

चीनले कैलाश मानसरोवर यात्रा रोकेपछि तीर्थयात्री सिमाबाटै फर्किएका छन् । रावतले बोर्डरमा सैनिक अधिकारीहरुसँग सुरक्षा अवस्थाका बारेमा छलफल गर्ने बताइएको छ ।

चीनले बुलडोजरले भत्कायो बंकर

बुधबार चीनले सिमा क्षेत्रमा रहेको भारतीय सेनाको बंकर बुल डोजर लगाएर भत्काएको छ । केही दिन देखि बढेको तनावले सिमा क्षेत्रमा युद्ध समेत हुन सक्ने बताइएको छ ।

भारत र चीनकोबीच जम्बुकश्मीर देखि अरुणाचल प्रदेशसम्म ३४८८ किलोमिटर सिमा छ । जसमा २२० किलोमिटर सिक्किममा पर्छ । बंकर हटाउन गरिएको आग्रह भारतले नटेरेपछि चीनले डोज लगाएर भत्काएको बताइएको छ । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.