वार्तामै नबस्ने साउदी अरेबियाको भनाई अतिवादी: कतार

१५ असार, इस्तानबुल । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता पनि नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले कडा बिरोध गरेको छ ।

कतारको समस्या समाधानको लागि पछिल्लो पहलस्वरुप केही गल्फका देशले शर्त राखेका थिए । उनीहरुले १३ बुँदे प्रस्ताव पनि सार्वजनिक गरेका छन् । कुवेतको मध्यस्थतामा उनीहरुले सो सार्वजनिक गरेका हुन् ।

यी शर्तमध्ये साउदी अरेबियाले कतारको अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने शर्त अघि सारेको छ । यसका साथै अरु मागप्रति आफू सहमत हुन नसकेको भनी कतारले आफ्नो देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको धारणा राखेको थियो ।

ती शर्तका बारेमा बसेर छलफल गर्ने तयारीका लागि कुवेत लगायतले साउदी अरेबियालाई आग्रह गरेका थिए । तर साउदी अरेबियाले भने आफूले ती शर्तलाई कतारले पनि स्वागत नगरेकोले वार्तामा नै नबस्ने बताएको हो ।

उता कतारले भने यसरी वार्तामै नबस्ने भनी साउदी अ‍ेरिबयाले राखेको धारणा अतिवादी सोचबाट आएको बताएको हो । यस बारेमा उक्त गठबन्धनका अरु देशहरुको धारणा भने आएको छैन ।

उता टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दोगानले पनि कतारमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु पनि अवैधानिक भएका टिप्पणी गरेका थिए ।

कतारकाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् ।

टर्कीले कतारको समर्थन गर्दै आएको छ । टर्कीको सरकारी समाचार समिति अनादोलुले राष्ट्रपति एर्दोगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ ।

कतारमाथि यस्तो प्रतिबन्ध लागेको महिना दिन भएको छ । गल्फ सहितका छ वटा देशले कतारमाथि शर्त राखेका छन् र कुवेतले समस्या समाधानका लागि मध्यस्थता गरेको छ ।

ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने पनि भनिएको छ । कतार त्यो शर्तमा पनि सहमत भएको छैन । कतारले आतङ्ककारीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप मुस्लिम गल्फ देशहरुको रहेको छ । रासस/सिन्ह्वा

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.