भोलि विदेश बाट नेपाल आउदै हुनुहुन्छ यसकारण पर्ने छ त्रिभुवन विमानस्थल मा समस्या पुरा पढ्नुहोस

काठमाडौं। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ। दिउँसो ४ बजेर ३० मिनेटदेखी ५ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विमानस्थल बन्द भएपछि उडान र अवतरणको सम्पूर्ण काम ठप्प हुन्छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को नियम अनुसार प्रत्येक दुइ/दुई वर्षमा अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थहरुले गर्नुपर्ने ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएका कारण विमानस्थल बन्द गर्न लागिएको ठाकुरले जानकारी दिए।

यो एक्सरसाइजमा ३० मिनेट विमानस्थल पूर्ण रुपमा बन्द गरेर विमानस्थल र वरपर भएका सम्पूर्ण अग्नी नियन्त्रक लगायतका सामाग्रीहरु त्यहाँ लगिन्छ।

यदि विमानस्थलमा कुनै जहाजको दूर्घटना भइहाल्यो भने तत्काल कसरी उद्दार गर्न सकिन्छ र विमानस्थलको ‘एक्सिडेन्ट रिड्युस’ गर्ने क्षमता कति छ भनेर जाँच गरिन्छ र यसलाई दूर्घटनापूर्व गरिने पूर्वतयारीका रुपमा समेत लिइन्छ। जसका लागि विमानस्थलले काठमाडौंमा ल्याण्ड हुने एयरबसको ए ३३० सिरिजको ठूलो जहाजको छनौट गरिसकेको छ।

पूर्वतयारी अनुसार १८० जना यात्रु बोकेर काठमाडौं एयरपोर्टमा अवतरण हुन लागेको जहाज पेप्सीकोला क्षेत्रमा दूर्घटना हुन्छ र त्यसलाई निभाउनकालागि उपलब्ध हरेक प्रयास गरिन्छ। साथसाथै घाइते र मृत्यु भएका यात्रुलाई उद्दार गरिन्छ। विमानस्थलले यो पटक जहाज दूर्घटनाबाट घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पुर्याइने योजना रहेको प्रवक्ता ठाकुरले बताए।

source bizmandu

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.