गोर्खाल्याण्डको विषय विवाद हुँदा युएईमा नेपालीबिच झडप, दुई घाइते

काठमाडौं, १० असार । गोर्खाल्याण्डको विषयमा यूएईमा कार्यरत नेपालीहरुबीच विवाद हुँदा झडप भएको छ । झडपमा परि दुई नेपाली घाइते भएका छन् । एक जना भने हतियारसहित पक्राउ परेका छन् ।

घटना युएईको आबुधाबीमा बङ्गाली मार्केटमा भएको हो । सुनसरीको धरान र झापाको काँकडभिट्टाका नेपालीबिच भनाभन हुँदा झडप भएको बताइएको छ ।

झापा र धरानका सबै युवाहरु गोर्खाल्याड मागका विरोधी हुन् । तर झापाका युवाले आफू नेपाली भएकोमा गर्व गर्ने बताएका थिए । त्यही क्रममा धरानका युवाले आवेशमा आएर गोर्खाल्याण्ड भारतमा बनाउन नपाइने भन्दै चक्कु प्रहार गरेको एक नेपालीले बताए ।

झडपमा मेचीनगरका रबिन सिवाकोटी र अमृत तामाङ घाइते भएका छन । उनीहरुको आबुधाबीमा उपचार भइरहेको छ । घाइते दुईजना नै आबुधाबीको एसिसी कन्ट्रर्याकटिङ कम्पनीमा कार्यरत रहेको बताइएको छ ।

चक्कु प्रहार गर्ने नेपालीलाई आबुधाबी प्रहरीले चक्कुसहित पक्राउ गरेको छ । यसैबिच युएईमा कार्यरत दार्जिलिङका नेपाली भाषी भारतीयले गोर्खाल्याण्डको माग गर्दै गोर्खाल्याण्ड आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.