जन्मदै ७ किलोका करण अहिले ८ वर्षमा साढे ६ फिट अग्ला भैसके

आठ वर्षीय भारतीय बालक करण सिंह आफ्ना साथीहरुबीचमा अग्लो बाँस जस्ता देखिन्छन् । हुन पनि उनी अहिल्यै ६ फिट ६ इन्च अग्ला छन् ।

करण जन्मदै दुई फिट अग्ला र ७ किलो तौलका थिए, जुन आफैंमा विश्व रेकर्ड हो । अहिले उनी पूर्व विश्वविजेता बक्सर व्लादिमिर क्लिच्कोसँग काँधमा काँध मिलाउने भइसकेका छन् । भविष्यमा अझै अग्लो भएर आफ्ना बाबुआमाको शिर उँचो बनाउने उनको सपना छ ।

भारतको मिरुतका यी बालककी ३३ वर्षीया आमा श्वेतलाना पनि ७ फिट २ इन्च अग्ली छन् । यी बास्केटबल खेलाडी भारतकै सबैभन्दा अग्ली महिला हुन् । उनका प्राकृतिक चिकित्सक बुवा ४१ वर्षीय सञ्जय पनि कम अग्ला छैनन्, तर उनलाई छोराले भेट्टाउन आँटिसकेका छन् ।

सञ्जयले केही समयअघि ‘द मिरर’ लाई बताए अनुसार करणलाई विशेष आहार गराइन्छ र उनको जीवनशैली स्वस्थकर छ । तर, सो परिवारमा अतिरिक्त वृद्धिको हार्मोन हुन सक्ने सम्भावनालाई नकार्न मिल्दैन ।

सञ्जय थप्छन्, ‘हामी करणलाई डाक्टरकहाँ लैजान्छौं । अहिलेसम्म उनको सबै कुरा सामान्य छ । करणको स्टामिना राम्रो छ र कुनै आन्तरिक समस्या छैन ।’

करणको सबैभन्दा ठूलो दुख भनेको आफूलाई मिल्ने लुगा तथा जुत्ता फेला नपर्नु हो । उनी अहिले नै १२ साइजको जुत्ता लगाउँछन् । उनी ३ वर्षको हुँदा १० बर्षको बालकलाई ठीक हुने लुगा लगाउँथे ।

करण बास्केटबल भनेपछि हुरुक्क हुन्छन्। उनी भन्छन्, ‘गृहकार्य सकेपछि म साथीहरुसँग केहीबेर खेल्छु र त्यसपछि आमासँग बास्केटबल खेल्न जान्छु ।’

करणलाई पाँच वर्षको उमेरदेखि आमाले बास्केटबल खेल्न सिकाएकी थिइन् । उनलाई साइन्समा पनि निकै रुची छ ।

करणले थपे, ‘हामी अग्ला छौं र यसमा मलाई गर्व छ । भविष्यमा म आमाभन्दा पनि अग्लो हुन चाहन्छु ।’

करणले यसअघि दुईपटक गिनिजबुकमा नाम लेखाइसकेका छन् । एक पटक सबैभन्दा ठूलो नवजात शिशुको र त्यसपछि सबैभन्दा अग्लो बालकको । उनको परिवार फेरि एक पटक उनलाई गिनिजबुकमा देख्न चाहन्छन् ।

श्वेतलाना भन्छिन्, ‘उ हुर्किएपछि एउटा बाघजस्तो हुनेछ, किनकी उ एउटी बघिनीको छोरा हो ।’

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.