किन गए प्रियंकासँगै दीपक–दीपा कतार ?

नायिका प्रियंका कार्कीसँगै कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला गएराती कतारको दोहा गएका छन् ।

नायिका प्रियंका कार्कीले आफ्नो फेसबुकमा तीन जनाको फोटो राख्दै दोहा जान लागेको जानकारी गराएकी हुन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा चेकईन गरिएको उक्त फोटोमा दीपक निलो जिन्स र सेतो सर्टमा देखिएका छन् उनले सर्टको बटनमा कालो चश्मा पनि अड्याएका छन् । यस्तै दीपाश्री कालो पाईन्छ र जिन्सको सर्टमा देखिईन् भने प्रियंकालाई सेतो मा बुट्टेदार टि–सर्ट र निलो गाउनमा देखिएकी थिईन् । उनीहरु प्लेनको प्रतिक्षामा बसिरहेका थिए ।

प्रियंकाले फोटो राख्दै लेखेकी छिन्, ‘दोहामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सङ्ग इद मनाउन हामी आउदै छौं । यहाँहरु पनि आउनुस ल’ । स्मरण रहोस् उनीहरुले काम गरेका चलचित्र ‘छक्का पञ्जा’को टिजर गत शुत्रबार रिलिज भएकाृे थियो । कतिले उनीहरु चलचित्रकै कामको लागि दोहा गएको अनुमान समेत गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.