पूर्व युवराज्ञी हिमानी दमौलीमा

पूर्व युवराज्ञी हिमानी शाह बिहीबार दमौलीस्थति व्यास गुफामा आएकी छिन् । नेपाल ठकुरी समाज तनहुँको निमन्त्रणामा उनि दमौली आएकी हुन् ।

चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मस्थल दमौलीमा रहेको पवित्र धार्मिक स्थल, व्यास गुफाको अवलोकनका लागि पूर्व युवराज्ञी शाह दमौली आएकी हुन् । पूर्व युवराज्ञी शाहले व्यास गुफामा पूजा अर्चना समेत गरेकी थिइन् ।

पूर्वराज्ञी शाह व्यास गुफा परिसरमा सञ्चालन भइरहेको १८ महिने अखण्ड हरिकिर्तन स्थलमा समेत सहभागी भइन् । पूर्व युवराज्ञी हिमानीको साथमा उनका छोरा हृदयेन्द्र, छोरीहरु प्रेरणा र करुणा पनि सहभागी थिए ।

पूर्व युवराज्ञीको स्वागतका लागि स्थानियहरु फूलमाला सहित उपस्थित भएका थिए । उनि करिव ४० मिनेटको समय पश्चात फर्किएकी थिइन । source:oedml

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.