मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय

खानपीनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ । आज हामी मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायको बारेमा तपाईलाई जानकारी दिन गईरहेका छौँ । घरमा नै पाईने सामाग्री सही तरिकाले प्रयोग गर्ने हो भने यो समस्याको जोखिमबाट बच्छौँ ।

कागती
कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।

अनारको जुस
अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राजमा
राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी
किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ पिउनुपर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ ।

खाना बार्ने
चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.