सीमा सुवेदी नेपालबाट गुगलमा सर्वाधिक खोजिने व्यक्तिको शीर्ष स्थानमा

नियोस्टफ्स

सीमा सुवेदी जताततै छिन् – उनी तपाईंको फेसबुकको न्यूजफिड, ट्वीटर, युट्युब र अन्य सोसल प्लेटफर्म भरी छिन् । यदि तपाईंलाई उनीबारे थाहा छैन भने तपाईं सायद समाज भित्रै पर्नुहुन्न ।

विवाद त्यतिबेला निम्तियो जब उनले यो हप्ताको सुरुवातमा फेसबुकमा लाइभ स्ट्रिममार्फत गोर्खाल्याण्ड आन्दोलन, भारतमा रहेक नेपाली भाषी र पूरा नेपालीबारे आफ्नो धारणा व्यक्त गरिन् । उनले भारतीय गोर्खाली (नेपाली भाषी भारतीय नागरिक) र नेपाली पूर्ण रुपमा फरक भएको बारे बारम्बार दोहोराइन् । आफू भारतीय हुनुमा उनलाई गर्व भएको वाक्यलाई पनि उनले सुगा रँटाई गरिन् । तर यसले नेपालीलाई केही पनि फरक पारेको थिएन किनभने यो वास्तविकता हो तर नेपाली त्यतिबेला रिसाए जब उनले नेपालीलाई भारतमा भाँडा माझ्नका लागि आउँछन् भनेर गाली गरिन् । उनी सम्भवतः नेपालीले सबैभन्दा घृणा गर्ने महिला पात्र बनेकी छिन् ।

उनको लाइभ भिडियो समाप्त भएलगत्तै त्यसलाई फेसबुक ह्यान्डलमा सेभ गरियो र नेपाली फेसबुक पेज, युट्युब च्यानल र अनलाइन पोर्टलले उनीबारे समाचार लेखे, उनले नेपाल र नेपालीलाई गरेको अपमानबारे लेखे ।

यद्यपी, उनी अहिले नेपालबाट गुगलमा सबैभन्दा बढि खोजिने व्यक्तिमा परेकी छिन् । यसका लागि गुगल ट्रेन्ड डाटा हेर्न सकिन्छ ।

अहिलेसम्म उनलाई नेपालबाट सायद कसैले गुगल खोजी गरेका थिएनन् । तर उनको भिडियो भाइरल बनेपछि उनलाई इन्टरनेटमा खोजी गर्नेको ताँती एकाएक उच्च भएको छ ।

सीमाको पहिलो भिडियोमा मानिसहरुले उनलाई तथानाम गाली गरेपछि उनी आइतबार पुनः फेसबुकमा दोस्रो पटक लाइभमा देखिइन् । यसपटक उनले नेपालीमा बोलेर माफी मागेकी छिन् तर नेपालीहरु भने उनलाई माफी दिने पक्षमा देखिँदैनन् ।

को हुन त सीमा सुवेदी ?

मुम्बईमा बस्ने सीमा सुवेदी श्रेष्ठ असामको स्वागपुरकी हुन् । उनले सन् २०१६ को मिसेज इन्डियाको उपाधी जितेकी छिन् । त्यसै वर्ष उनले मिसेज एसिया इन्टरनेशनल २०१६ मा भारतको प्रतिनिधित्व गरेकी थिइन् जसमा उनले मुख्य उपाधि हात पार्न सफल भइन् ।source:ratopati.com

 

http://ift.tt/2sWlh1D
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.