ल्यापटपको मूल्य मोवाइलभन्दा पनि सस्तो

७ असार– प्रविधिको बढ्दो प्रयोगसँगै धेरैजना यसप्रति आकर्षित भएका छन् । तर आर्थिक कारणले कतिपयले प्राविधिको प्रयोग गर्न पाइरहेका छैनन् । त्यसमा पनि झोलामै बोक्न मिल्ने कम्प्युटर (ल्यापटप) प्रयोग गर्ने चाहना कसको नहोला ? तर महङ्गो मूल्यका कारण सबैले यसको प्रयोग गर्न पाउँदैनन् ।

तर अब मोवाइलभन्दा पनि कम मूल्यमा ल्यापटपट खरिद गर्न पाइने भएको छ । त्यो पनि दमदार फिचरका साथ ।

भारतीय कम्पनी आईबालले स्मार्टफोनकै मूल्यमा नयाँ ल्यापटप लन्च गरेको छ । यो ल्यापटपमा १४ इन्चको एचडी डिस्प्ले, प्री–इन्स्टल भिडियोज १० दिइएको छ । यसका साथै २.४ गीगाहट्र्ज स्पीडको इन्टेलको प्रोसेसर राखिएको छ ।

भारतीय कम्पनी आईबलले यो ल्याटपमा ३ विजी डीडीआर थ्री रिम, ५००० एमएएच क्षमताको ब्याट्री, ३२ जीबी मेमोरी छ । जसमा १२८ जीबीसम्म बढाउन सकिन्छ ।

यसको मूल्य १४ हजार २ सय ९९ भारतीय रुपैयाँ छ । आईबलका मुख्य कार्यकारी अधिकारी तथा निदेशक सन्दीप पराश्रमपुरियाले यो ल्यापटप व्यावसायिक सगठनहरुका लागि बढी फाइदाजनक हुने बताएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.