२६ वर्षे लर्के केटासँग घुम्न आएको बेला सर्वस्वो सुम्पिएर बिहे गरेकी खैरेनी अहिले घर न घाटकी

एजेन्सी। २६ वर्षका युवकसँग प्रेममा परेर आफ्नो सर्वस्व बेचेर बिहे गरेकी एक महिला अहिले अलपत्र परेकी छिन् । अहिले न उनका पति रहे न पैसा नै बाँकी रह्यो ।

श्रीलंकामा ६ वर्षअघि घुम्न आएकी ब्रिटिश महिला डायने डी जोयसाको होटलमा काम गर्ने २६ वर्षीय युवक प्रियांजनसँग प्रेम भयो ।

सात महिनाअघि उनी प्रियांजनसँग बिहे गर्नको लागि पुनः श्रीलंका आइन् । उनीहरुको बिहे पनि भयो । तर प्रियांजनले उनलाई घरबाट बाहिर निस्कनै दिँदैनथे । पछि डायनेले थाहा पाइन् प्रियांजनले उनीसँग पैसाको लागि मात्र बिहे गरेका थिए ।

स्कटल्याण्डकी डायनेले बिहेका लागि श्रीलंका आउनुअघि १ करोड ३० लाख नेपाली रुपैयाँ बराबरको सबै सम्पत्ति बेचेर आएकी थिइन् । त्यो सबै पैया उनले प्रियांजनलाई दिइन् ।

तर, अचानक प्रियांजनको हत्या भयो । उनका एक साथीको घरमा उनको शव भेटिएको थियो । उनको हत्या कसले ग¥यो भन्ने अहिलेसम्म खुलेको छैन ।

डायनेलाई प्रियांजनको त्यही साथीले हत्या गरेको आशंका छ जसले उनीहरुलाई विवाह गर्न दवाव दिएको थियो । तर त्यो साथी को हो भन्ने उनले चिन्दिनन् ।

अहिले उनीसँग न पति छन् र पैसा । उनी अहिले स्कटल्याण्ड फर्कन चाहन्छिन् । तर, पैसा नभएका कारण उनी अलपत्र परेकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.