उपमेयरकी उम्मेदवार गायिका राधिका हमाल भोट माग्न व्यस्त

रोल्पा, असार ११ — साँस्कृतिक कार्यक्रममा देश तथा विदेशमा व्यस्त हुने कलाकार राधिका हमाल आजभोलि भने आफ्नै गाउँठाउँमा भोट व्यस्त हुनुहुन्छ ।

नेपाली कांग्रेसबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गरेपछि हमाल अहिले आफ्नो पक्षमा भोट माग्न घरदैलो अभियानमा व्यस्त हुनुभएको हो । आफैले गाएका कांग्रेसका चुनावी गीत घन्काउदै त्रिवेणी गाउँपालिकाको प्रत्येक वडाका टोल टोलमा भोट माग्दै हिँड्नुभएको छ ।

सधै जसो गीतको भिडियो तथा टेलिभिजनमा देख्ने हमाललाई आजभोलि भने गाउँलेहरुले आफ्नै घरदैलोमा देख्न पाएका छन् । कलाकारिताबाट राष्ट्रिय रुपमै ख्याती कमाउनुभएकी हमाललाई मतदाताहरुले मात्र नभई निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले समेत विजयको शुभकामना दिने गरेका छन् । सबैबाट जितका लागि शुभकामना पाउँदा विजयी हुनेमा थप विश्वास बढेको हमालले बताउनुभयो ।
प्रतिस्पर्धी सबै एउटै गाउँका

यसैबिच हमालसँग चुनावी प्रतिस्र्धा गर्ने नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु एउटै गाउँका रहेका छन् । नेकपा एमालेबाट सावित्रा बुढा र माओवादी केन्द्रबाट लालसरी घर्तीमगर रहनुभएको छ । उहाँहरु सबै साविकको गैरीगाउँ गाविसका हुनुहुन्छ । Ujyaalo

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.