ज्वाईँले जेठानलाई एक मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक

धनकुटा, असार १६ – माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँ निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रबहादुर सारुमगरलाई १ मतले पछि पार्दै वडाध्यक्षमा विजयी हुनुभएको हो ।

विजयी कृष्णकुमार मगरले ४९९ मत र पराजित भएका इन्द्रबहादुर सारु मगरले ४९८ मत पाएका छन् । उनीहरु साइनोमा ज्वाईँ जेठान हुन् ।
एउटै पदका लागि आफ्ना श्रीमान र दाई उठेपछि कृष्णकुमार मगरकी श्रीमती तथा इन्द्रबहादुर सारुमगरकी बहिनीलाई कसलाई भोट हाल्ने भनेर निकै दिन दोधारमा पर्नुभएको थियो । तर अन्तिममा उहाँले श्रीमानलाई भोट हालेपछि कृष्णकुमार मगरको जित सुनिश्चित भएको हो । ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.