छोराछोरीलाई शाहरुखको चेतावनी

बलिउडमा अभिनय पुख्र्यौली पेसाका रूपमा स्थापित भइसकेको छ । कपुर, खान, बच्चन परिवारले यो पुष्टि गरिसकेका छन् । अहिले बलिउडमा शाहरुख खानका छोराछोरीलाई ‘मस्ट अवेटेड न्यु कमर’का रूपमा लिन थालिएको छ । छोरा आर्यन र छोरी सुहानाको रूपको चर्चासँगै उनीहरूको गतिविधि पनि त्यत्तिकै चासोको विषय बन्न थालेपछि शाहरुखले छोराछोरीलाई सावधानीका लागि चेतावनी दिएको खुलासा गरेका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा शाहरुखले जेठो छोरो आर्यनलाई दिएको चेतावनी हास्यास्पद र घतलाग्दो पनि छ । उनले छोरोलाई कुनै पनि युवतीलाई चुम्बन गरेको देखेमा ओठ नै काटिदिने चेतावनी दिएको खुलासा गरेका हुन् । शाहरुख पुत्र आर्यन अहिले २० वर्षका भए । शाहरुख छोराछोरीको विषयमा सचेत र गम्भीर पनि छन् । उनका दुई छोरा र एक छोरी छन् । छोरो आर्यनमात्रै होइन छोरी सुहानालाई पनि यदि कुनै केटोले चुम्बन गर्न आए त्यसको ओँठ तोडिदिने धम्की दिएका छन् । त्यस्तो अनावश्यक कुराबाट टाढा रहन र सतर्कता अपनाउन पनि छोराछोरीलाई शाहरुखले सुझाएको बताएका छन् ।

आफ्ना सन्तानप्रति शाहरुखले देखाएको जिम्मेवारीप्रति धेरैले उनलाई ‘प्रोटेक्टिभ ड्याडी’को संज्ञा दिएका छन् । तर उनी त्यस्तो श्रेय लिन चाहँदैनन् । ‘अभिभावकले आफ्नो बालबालिकाको सम्पूर्ण ख्याल गर्न सक्नुपर्छ । यो सबैको जिम्मेवारी र कर्तव्य पनि हो’, उनले भनेका छन् । शाहरुख र आर्यनबीच निकै घनिष्ट सम्बन्ध छ । अन्तर्वार्तामा शाहरुखले बताएअनुसार उनीहरूबीच साथीसाथीको जस्तो कुराकानी पनि हुन्छ । छोरोसँग मजाले ख्यालठट्टा गर्ने गरेको शाहरुखको भनाइ छ । ‘हामी बाबुछोरा कहिलेकाहीँ सर्ट उतारेर फोहोरी जोक्स गर्दै बसेका पनि छौं । यसो गर्दा छोराले कस्ता फोहोरी कुरा सिकेको रहेछ भन्ने थाहा पाउन सकिन्छ’, उनले भनेका छन् ।

घरायसीमात्रै होइन शाहरुख छोरोसँग चलचित्र निर्माणसम्बन्धी पनि कुरा गर्ने गर्छन् । आर्यत अहिले अभिनय र चलचित्र निर्माणबारे कक्षा लिइरहेका छन् । समयसमयमा बाबुछोरासँगै बसेर चलचित्र हेर्ने अनि आआफ्नो दृष्टिकोण र मूल्यांकन गर्ने गर्छन् । चलचित्र हेरेपछि खासगरी फाइट, लभ सिनका बारेमा छलफल पनि गर्छन् । शाहरुख चाहन्छन, छोरो आर्यन आफूभन्दा ठूलो स्टार बन्न सकोस् । ‘आर्यन निकै महत्ववाकांक्षी पनि छ । ऊ मभन्दा ठूलो स्टार बन्न चाहन्छ । चलचित्र निर्माण र अभिनयमा गहिरो रुचि र चासो पनि राख्छ’, शाहरुखले भनेका छन्, ‘आर्यन बेलाबेलामा यो कुरा मसँग पनि सेयर गरिरहन्छ ।’

शाहरुखको मूल्यांकनमा छोरी सुहाना एकदमै प्रतिभावान् छिन् । उनले धेरै स्टेज प्रस्तुतिहरू दिइसकेकी छन् । सुहानाले चलचित्र क्षेत्रमा आउने राखिसकेकी छन् । केही दिनअघि शाहरुख पत्नी गौरी खानको एक कार्यक्रममा बाबुछोरीसँगै पुगेका थिए । बलिउडका अन्य स्टारहरूको समेत उपस्थिति रहेको सो कार्यक्रममा सुहानाको रूप देखेर बलिउड स्टारहरू नै छक्क परेका थिए ।

उनी यति सुन्दर छिन् कि रूपकै कारण पनि बलिउडमा उनको स्थान धेरैले सुरक्षित देखेका छन् । अझ उनी मेहनती, अध्ययनमा अब्बल र अभिनयमा रुचि राख्छिन् । शाहरुखले छोराछोरीको चाहनाअनुसार जुन क्षेत्रमा लागे पनि आफ्नो लागि स्वीकार्य हुने बताएका छन् । तर उनी चाहन्छन्, सबैले अध्ययन पूरा गरोस् । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.