जोरपाटीमा भयंकर दुर्घटनाः अनियन्त्रित माइक्रोले पैदलयात्रीलाईर् सोहोर्दै लग्यो, तीन घाइते

८ असार, काठमाडौं । बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । घटनामा तीनजना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।

बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाईर् सोहोर्दै लगेको थियो ।

‘पैदलयात्रीलाई सोहोर्दै लगेर रोकी राखेको गाडी चेप्ट्यायो, घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका छौं’ जोरपाटीका असई गणेश श्रेष्ठले अनलाइनखबरलाई बताए ।

माइक्रो बस ब्रेक राम्रो नलाग्ने अवस्थामा रहेको र तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । माइक्रो बसलाई प्रहरीले निणन्त्रणमा लिएको छ । तर, चालक भने फरार छन् ।

चालक माइक्रोबस व्यवसायी समितिको सम्पर्कमा पुगेको प्रहरीले जानकारी दियो ।

दुर्घटनापछि जोरपाटीवासीमा त्रास र तनाव देखिएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.