सिंगारिएको गाडी चढेनन् गृहमन्त्री

भरतपुर,९ असार । तालिम पूरा गरेर कार्य क्षेत्रमा जान तयार रहेका प्रहरी सहायक निरीक्षकहरुका लागि बुधबार जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आयोजित दीक्षान्त समारोहमा कबाज कार्यक्रम सुरू हुँदै थियो । कार्यक्रमका प्रमुख अतिथि जनार्दन शर्मा ‘प्रभाकर’ लाई कबाज निरीक्षणका लागि गाडी तयार थियो । तर, गृहमन्त्री शर्मा गाडी नचढी पैदलै कवाज हेर्न लम्किए ।

निलो रंगको प्रहरीको पिकअप भ्यानलाई सयपत्रीको माला ओढाएर तयार राखिएको थियो । उनीसहित अन्य अतिथि भ्यानको पछाडि उभिएर कवाज निरीक्षण गर्ने कार्यक्रम थियो । गृहमन्त्री गाडीमा उक्लन अफ्ठ्यारो नहोस् भनेर सानो तीन खुड्किले भ¥याङ ल्याइएको थियो । दुई प्रहरी जवानले उचालेर ल्याएको भ¥याङ पिकअप भ्यानमा मिलाइँदै गर्दा गृहमन्त्री शर्मा भ्यान नजिकै पुगे ।

तर, गृहमन्त्री शर्मा भ¥याङ उक्लेनन्, पैदलै कवाज टोलीतर्फ लागे । उनलाई प्रहरी संगठनका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल र शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) रणबहादुर चन्दले पनि पछ्याउनु प¥यो । यसअघिको दीक्षान्त समारोहमा आएका तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले गाडीमै बसेर कवाज निरीक्षण गरेका थिए ।

गृहमन्त्री जनार्दन शर्मा १७३ औं समूहको असई तालिम पूरा गरेकाहरुको दीक्षान्त समारोहमा सरिक भएका हुन् । सो समूहमा १५६ जना सहभागी थिए । गत वर्षको साउनबाट तालिम सुरु भएको थियो । तालिममा सहभागी मध्ये १५० जनाले पूरा गरेका छन् । जसमध्ये २० जना महिला रहेको शिक्षालयका निर्देशक डीआईजी चन्दले जानकारी दिए ।

कार्य क्षेत्रमा जान लागेका असईहरुलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले कानुन मिचेर र बाटो बिराएर अलमलिएकाहरुलाई कानुनी दायरमा ल्याउने दायित्व पूरा गर्न सक्षम हुनु होस् भन्ने शुभकामना दिए । प्रविधिको प्रयोग गरेर जटिल खालका अपराधहरु गर्ने परिपाटी बढेका कारण प्रहरीका लागि चुनौती थपिएको उनले बताए ।

‘तर यो चुनौती पनि सामाना गर्न सक्नु पर्छ । यस्तो खालको समस्या हटाउन प्रहरी पनि प्रविधिमा पोख्त बन्न सक्नु पर्छ । निरन्तर अध्ययन गरे यस्ता चुनौती सामान्य लाग्न सक्छन्’ मन्त्री शर्माले भने । स्थानीय, प्रदेश र संघीय सरकारले लिने नीति नियम र निर्देशनलाई सफल बनाउन पनि प्रहरीको भूमिका महत्वपुर्ण हुने उनले बताए ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधानसभाबाट संविधान लेख्ने नेपालीको वर्षैको सपना साकार भए पनि त्यसलाई आकार दिने काम बाँकी रहेको बताए । निर्वाचन सम्पन्न भए संविधानले आकार पनि लिने उनले बताए । ‘हाम्रो काँधमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन पूरा गर्ने अभिभारा छ । भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन हाम्रो भूमिका महत्वपूर्ण हुन्छ’ अर्यालले भने ।

दीक्षित भएर कार्यक्षेत्रमा जान लागेका असईहरुले निर्वाचनको जिम्मेवारी पूरा गर्न अवसर पाएको पनि उनले बताए । प्रहरी क्षेत्र सुधारमा दिशामा अगाडि बढेको अनुभव सर्वसाधारणले गर्न थालेका कारण जनविश्वास गुमाउने काम नहोस् भनेर सजग हुन उनले अपिल गरे । चितवन पोष्टमा खबर छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.