फेरि चुनाव सार्न राजपाको प्रस्ताव, सत्तारुढ दलद्वारा अस्विकार

२७ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले फेरि चुनाव सार्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हनमा आज सिंहदरबारमा बसेको बैठकमा राजपाका नेताहरुले यस्तो प्रस्ताव गरेका हुन् ।

उनीहरुले आफ्ना माग सम्बोधन गरेर मात्रै चुनावमा जान गरेको आग्रहलाई सत्तारुढ दलले अस्वीकार गरेका छन् । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चुनावको मिति कुनै हालतमा सार्न नसकिन स्पष्ट पारे ।

‘राजपाले चुनावको लागि राजनैतिक मुद्दा सम्बोधन हुनु पर्ने र त्यसका लागि चुनावको मिति पुनःसार्ने प्रस्ताब राख्यो, हामीले त्यसलाई अस्विकार गर्याै‌, प्रकाशले भने । बैठकमा सत्तारुढ नेताहरुले चुनाव पछि संविधान संसोधन हुने भन्दै चुनावमा भाग लिन आग्रह गरेका थिए ।

तर राजपका नेताहरुले बैठकमा पुरानै अडान दोहोर्याएका थिए । बैठकपछि कुरा गर्दै राजपाका नेता शरदसिंह भण्डारीले आफूहरुले चुनाव अघि माग पूरा नभए चुनावमा सहभागी हुन नसकिने बताएको जानकारी दिए । सरकारले राजपाका लागि भन्दै पटक पटक चुनावको मिति सारेपनि अन्ततः राजपाले चुनावमा भाग नलिने बताएको हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.