सामान्यतया अंगूरको मूल्य सुन्दा अचम्म मान्नुपर्ने अवस्था हुँदैन। तर जापानमा पाइने एक गुच्छा अंगूरको मूल्य सुन्दा अचम्म लाग्छ नै।
यसको मूल्य ८ हजार २ सय अमेरिकन डलर अर्थात् ८ लाख २० हजार रुपैयाँभन्दा बढी पर्छ। अंगूरको एकदानाको नै ३१५ अमेरिकन डलर आर्थात् ३१ हजार ५ सय पर्छ।
यसले सबैभन्दा महंगो अंगूर भनेर रेकर्ड नै राखेको छ। रेकर्ड राख्ने २६ वटा दाना भएको यो अंगूरको गुच्छाको नाम ‘रुबी रोमन’ हो।
यो सालको पहिलो लिलामीमा अहिलेसम्मकै महंगो मूल्यमा विक्री गरिएर यसले आफ्नो पुरानो रेकर्ड तोडेको हो।
लोकल वोर्ड अफ एग्रीकल्चरका अनुसार हरेक अंगूरको दानाको तौल कम्तीमा पनि २० ग्राम रहेको छ।
महंगा फलफुलका लागि जापान प्रख्यात मानिन्छ। जापानमा मानिसहरु यस्ता महंगा फलफुलहरु उपहारमा दिइन्छ।etajakhabar
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.