गर्मीमा मौसम मा पाइने स्वादिलो रसिलो ‘लिची’, जानौँ यसका फाइदाबारे

राजधानी सहित देशैभर गर्मी मौसमले आफ्नो घर बनाइरहेको छ । चर्को घामले गर्दा तपाईँ हामीलाई कतै आउन जान समस्या हुँदैछ । गर्मीको मौसम भनेपछि हामी पहिले नै आफूलाई कसरी गर्मीबाट जोगिन सकिन्छ भनेर अनेक उपाय अपनाउने सोचि राखेका हुन्छौँ । त्यसका लागि सबैभन्दा पहिला खानपान नै पहिलो प्राथमिकतामा आउँछ । के खानाले हामीलाई गर्मीमा फाइदा हुन्छ र अनेक रोगहरु लाग्नबाट जोगिन सक्छौँ भनेर विशेष ध्यान पनि पुर्याइराखेका हुन्छौँ ।

गर्मी मौसममा विभिन्न प्रकारका फलहरु सजिलै पाइने गरिन्छ । त्यसमध्ये एक हो लिची । हजुर लिची एक यस्तो फल हो जुन गर्मीमा पाइने सबैभन्दा स्वादिलो र प्रसिद्ध फल हो । स्वादमा गुलियो अमिलो र रसिलो हुनुका साथ–साथै स्वास्थ्यका लागि लाभदायक हो लिची । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पर्याप्त मात्रामा पाइन्छ ।

साथै यसमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र आइरन जस्ता मिनरल्स पनि पाइन्छ । नियमित रुपले लिची खानाले अनुहारमा निखार आउनुका साथै बढ्दो उमेरको लक्षणलाई पनि कम गर्ने गर्छ । त्यसबाहेक लिचीले शारीरिक विकासलाई पनि प्रोत्साहित गर्छ । तर, लिची खाने समयमा अत्यधिक खानु पनि पनि नोक्सानदेह हुन सक्छ भन्ने कुरामा ध्यान दिनु पर्छ । किनकी धेरै लिची खानाले छाला चिलाउने, हात खुट्टा सुन्निने र साँस फेर्न समस्या हुन सक्छ ।
जानौँ लिची खानुको फाइदा –

१. बिटा क्यारोटीन र ओलीगोनोलले भरिएको लिचीले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

२. लिची क्यान्सर कोषिहरुलाई बढ्नबाट रोक्नमा मद्दत गर्छ ।

३. अस्थमाबाट जोगाउनमा लिची खानु फाइदा जनक हुन्छ ।

४. लिचीको प्रयोग गर्नाले कब्जियतमा पनि राहत दिन्छ ।

५. मोटोपन घटाउनका लागि पनि लिची खानु उत्तम हुन्छ । लिचीले इम्यून सिस्टमलाई पनि बढाने काम गर्छ ।

६.यौन जीवनलाई राम्रो बनाउनमा पनि लिची खानु फाइदाजनक हुन्छ । (इताजाखबर को सहयोगमा)

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.